Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्ता गठबन्धन भत्काउन एमसीसी अस्त्र

काठमाडौं । भजन मण्डलीले ताली बजाएर अध्यक्ष हुने चाहनामा केही अवरोध भए पनि एमालेको सर्वेसर्वा बनेपछि केपी शर्मा ओली वर्तमान सरकारलाई टिक्न नदिने अभियानमा खट्न थालेका छन् । सत्ता बाहिर रहनुपर्दाको छटपटहाट ओलीमा देखिन थालेको छ । उननको योजना वर्तमान सत्ता सत्ता गठबन्धन भत्काएर देउवाकै नेतृत्वलाई स्वीकार गर्दै चुनावी सरकार गठन गर्न उनी तयार देखिन्छन् ।

योसँगै भालुको कम्पट बनेको निल्नु न ओकल्नुको अवस्थामा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने बचत पनि ओलीले देउवालई दिएको बताइन्छ
। देउवालाई एमसीसीबाट नेपाली जनताको हित भन्दा राष्ट्रिय स्वाभिमानमाथि लगाइने अंकुशको चासो छैन । उनले एमसीसी पारित गराउन सत्ता गठबन्धन भत्काउने शर्त स्वीकार गरे भने पनि नौलो हुने छैन । संसदको हिउँदे अधिवेशनबाट एमसीसी अुनमोदन गराउन सहयोग गर्नुपर्ने भन्दै भेट्न गएका कांग्रेस नेताहरुसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो शर्त राखेका हुन् ।

उनले एमसीसी अनुमोदन गरेलगत्तै चुनावमा जाने वातावण बनाउनुपर्ने बताएका थिए । अध्यक्ष ओलीले गठबन्धनको भारी बोकेर नहिँड्नुस्, एमसीसी पास गरौं र चुनावमा जाऔँ भन्ने प्रस्ताव काँग्रेस नेताहरुलाई गरेका थिए । अध्यक्ष ओलीले एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकमा पनि एमसीसी अनुमोदन गर्न सहयोग गर्ने संकेत गरिसकेका छन् । बैठकमा उनले शेरबहादुर देउवाको मुख पश्चिमतिरै फर्किएको भन्दै जसरी पनि एमसीसी अनुमोदन गराउने प्रयासमा रहेको बताएका थिए ।

नेपालका प्रधानमन्त्री र दलहरुले सकरात्मक संकेत गरेकै कारण वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्न थप समय दिएको छ । गत महिना नेपल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसीबारे निर्णय गर्न नेपाललाई १४ डिसेम्बर अर्थात् मंसिर २८ गतेसम्मको समय दिएका थिए ।

गठबन्धन भत्काउन तयार नभए एमसीसीलाई लिएर एमालेले द्वैध रणनीति लिने तयारीमा रहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत सिनियर नेताहरुले एमसीसीलाई संसदमा लैजान र पास गर्न प्रमुख सत्ताघटक नेपाली कांग्रेस र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिरहेका छन् ।