Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सप्रेला त ओलीगुटको चरित्र

काठमाडौं । कसैको सुझाव मन नपराउने सबै विषयको ज्ञाता र विशेषज्ञका रुपमा अहंकार प्रदर्शन गर्दा जताततै नांगै भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नेतृत्वले आफूलाई सुधार्ला ? किनकि सत्ता र कुर्सीका लागि आफ्नै साथीसंगी माथि आक्रमण गर्न पछि नपर्ने समाजका डनहरू रमेश बाहुन, परशुराम बस्नेत हुँँदै दीपक मनाङेसम्म पुग्दा नेकपामा ओली गुटको चरित्र झन् उदांंगो भएको हो । पार्टी एकता कुन आवश्यकता र औचित्यका आधरमा भयो ? जनतालाई चुनावमा के भनियो ? सरकार गठन भएको यो अवधिसम्म सरकारले के कस्ता काम ग¥यो ? प्रधानमन्त्रीले आफूलाई कुन दर्जाको वादसाह ठाने ? जनतामाथि अत्याचार थोपर्न सक्रय मन्त्रीहरू घुवीर महासेठ, विना मगर मात्र होइनन् वाइडवडीमा भएको ४ अर्ब ३५ करोड भ्रष्टाचार सार्वजनिक लेखा समितिले छानविन ग¥यो, प्रधानमन्त्रीले भ्रष्टाचार दबाउन लेखा समितिलाई पंगु बनाइदिए । एनसेलको ३५ अर्ब राजश्वको अत्तोपत्तो छैन । एनसेलका शतिशलालहरूले अमेरिकी अदालतमा मुद्दा दिइसके । सरकार प्रतिवादी लगाउने गएको छैन । चुनाव अगाडि पार्टीका नेताहरूलाई रु १० अर्ब बुझाएकाले एनसेलले सरकारलाई टेर्न छाडेको हो ।

सरकारका कुनै पनि योजना जनमुखी, पारदर्शी भएनन् । गुटलाई प्रोत्साहन गर्ने क्षमताको कदर नहुने नेकपाको ताल न बेतालको चरित्रप्रति निकै आलोचना भएको छ । सरकार पार्टीको नियन्त्रणमा चलेकै कारण २०५१ सालको अल्पमतको सरकारले गरेका कामको जस नेकपा एमालेले अहिलेसम्म पाएको हो । त्यो पार्टीका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले अध्यक्ष ओली नेतृत्वको बहुमतको सरकारका प्रधानमन्त्री रअर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर सुझाव दिन खोज्दा समय दिइएन । हिजो यिनै ओली गृहमन्त्री हुँदाका अर्थमन्त्री स्व. अधिकारीको जीवनमा कम्युनष्टि पार्टीको सरकारले जनपक्षीय सुधारका काम गर्नुपर्छ भन्ने थियो । तर प्रधानमन्त्री आझै त्यस्ता घामट बनेरआए जसले आफ्नै अहंकारले निरन्तर ठक्कर खाइरहेका छन् ।

नेकपा कसले चलाएको छ ? सरकार त केपी ओलीको नाममा लुट्ने लुटाहाहरू विष्णु रिमाल, घनश्याम भट्टराई, असगर अलिको गिरोहले चलाएको छ । यो गिरोह कार्यकर्ताको निकट छैन । जनताकाबीचमा जाने हैसियत राख्दैन । पार्टीका नेताहरूको बदख्वाई गर्ने मन्त्रीहरूलाई कमाउन सहज हुने गरी नीतिगत भ्रष्टाचार गर्न उक्साउने यो गिरोहको काम हो । यही जोडिएका छन् परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई । यी भट्टराईको हैसियत पनि काठमाडौं क्षेत्र नं. ४ का जनताले उदांगो बनाइदिएका छन् । अबत पार्टीका जोदाहा भए पनि ओली गुटको धुपौरे भएकाहरूलाई नेकपाका कार्यकर्ताले दिल खोलेर सघाउलान् भन्ने विश्वास गर्ने ठाउँ नै रहेन । किनकि प्रम अ‍ोलीको अहिलेको कार्यकाल नेकपाको बदनाम गर्न सफल छ । लुटाहाहरूका लागि त ओली नेतृत्वको समृद्धि र विकासको नारा आफ्नै स्वार्थ पूरा गर्न सघाएको छ ।

जनताका लागि नत स्वच्छ पानी उपलब्ध छ नत बजारमा शुद्ध खाद्य वस्तुको व्यवस्था छ । शैक्षिक क्षेत्र, शिक्षा माफियाको पकडमा छ वैदेशिक रोजगारीको क्षेत्र माफियाकै अधिनमा छ । भूकम्प पीडित र वाढी पहिरो पीडितलाई समेत विदेशी दाताले उपलब्ध गराएको राहत समयमा नदिने अपराधीहरू भएको देशमा प्रधानमन्त्री ओलीको गुटबन्दी र अहंकार उम्लेर आफैं थचारिनु नौलो होइन । जनतालाई छैन जताततै सत्तामा रहेका र प्रम ओलीकै वरपरदेखिनेहरूले समृद्धि र विकासको लड्डु खाएका छन् । प्रधामन्त्रीको अधिनमा रहेको रहत कोष होस् वा आर्थिक सहायता वितरणको शैली देख्दा लाग्छ, १० वर्षे जनयुद्ध, १९ दिने आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, समावेशीता यिनै भ्रष्ट र लुटाहाहरूकै लागि ल्याइएको हो । जो राजतन्त्रविरुद्धको सडक आन्दोलनलाई बयल गाडा चढेर अमेरिकाको यात्रा गरे सरह हो भन्दै तत्कालिन दरबारको सेवक भएको थियो । गणतन्त्र र संघीयताका विरोधीको हातमा सत्ता जाँदा जनताले पाउनु दुःख पाएको छ ।

सिआइए, नेपाली सेना र प्रहरीका गुप्तचरहरू तत्कालिन नेकपा एमालेका नाममा रजाई गरे । नेपालको सूचना बेचेर कमाउने तत्वहरूनै केपी ओलीको जयजयकार गरेका छन् । तर अहिले जनताबाट तिरस्कृत हुँदै गएपछि ओली मण्डलीले विस्मात गर्दैछ । त्यो पनि भारतीय चेतावनीपत्रको कारण ? राष्ट्रियता, सार्वभौम अखण्डताको रक्षा गर्नु कम्युनिष्टहरूको मुल कर्तव्य थियो । तर देशको परराष्ट्र नीति कता गयो ? राष्ट्रिय नीति के हो ? अहिले सरकार अल्मलिएको छ । एक वर्षसम्म प्रशासन हाक्ने कानुन समेत बनाउन सरकारले सकेन । कर्मचारीलाई विश्वास नगर्दा भएको भद्रगोलमा कस्तो समृद्धि र विकासका फल खोज्ने हो ?


सम्बन्धित समाचार