Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सफल ब्यवसायी सिता क्षेत्रीको स्टार होटेल

राष्ट्रको अर्थतन्त्रलाई दिगो सवल र सक्षम वनाउनका लागी होटल ब्यावसायको महत्वपुर्ण भुमिका रहन्छ । वास्तवमा नेपालको बिकासको लागी एउटा सार्थक अभियान होटल ब्यवसायको हुन्छ भन्ने कुरामा हृदयदेखी आत्मासाथ गरी पर्यटनका अर्थतन्त्र निर्माणका आधारहरु धेरै भए पनि मुलत होटल ब्यवसाय मुख्य नै हो जसमा स्वाधिन अर्थतन्त्रमा प्रत्यक्ष स्थान होटल ब्याबसायको नै हुन्छ । बिभिन्न ब्यवसायमा आफुलाई सफल र अब्बल साबित तुल्याई सकेकी महिला उद्यमी सिता कुमारी क्षेत्री पछिल्लो समय होटल ब्यवसायमा सकृय बनेकी छन् । २०६३ सालमा आमा फुड एण्ड न्युट्रिसन प्रालिको स्थापना गरि सुरु भएको उनको ब्यवसाय अहिले चौतर्फी फैलिएको छ । आमा फुड कम्पनिले बिभिन्न किसिमका पोषक खाद्य उत्पादनसंगै बिक्री बितरण गर्दै आईरहेको छ । २०६८ सालमा सागर फिड एण्ड पोल्ट्री सप्लायर्स नामक कम्पनीको स्थापना गरि कुखुरा, दाना, बिउबिजन उत्पादन एवं बेचबिखन गर्दै आईरहेको छ । त्यसै गरी उनको अर्को अनुकरण मल्ट्री प्रपोज प्रालिले कृषिसंग सम्बन्धित उत्पादन, बजारीकरण तथा तालिमयुक्त कार्यहरु गर्नुका साथै खरायो, बंगुर, कुखुरा, हाँस, मौरी, रेशम किरा पालन गर्न इच्छुक कृषकहरुलाई तालिम दिने कामगर्दै आइरहेको छ । उनको नेपाली चलचित्र क्षेत्रमा पनि योगदान रहेको छ । उनले धर्तिपुत्र र वे टु इन्जुरी नामक दुई चलचित्रमा लगानी गरिन त्यसबाट पनि राम्रै आमदानी लिन सफल भइन ।
आफ्नो काम प्रतिको लगनशिलताका कारण आज यो उचाईमा पुग्न सफल आँटी स्वभावकी महिला ब्यवसायी सिता कुमारी क्षेत्रीले नवलपरासी बुटवल हाइवे दुम्किवासमा सञ्चालनमा ल्याएकी स्टार होटेल लज रेष्टुरेण्ट एण्ड बार उक्त रोड भएर पूर्वपश्चिम गर्ने यात्रुहरुको आकर्षणको केन्द बनेको छ । स्वस्थकर हाइजेनिक बिभिन्न परिकारका स्वादिष्ठ खाना, वस्नको लागि सुविधा सम्पन्न लजको ब्यवस्था भएकोले आफ्नो होटेलमा दैनिक हजारौ ग्राहक आउने जाने गरेको सञ्चालिका क्षेत्री बताउछिन् । होटल सञ्चालनमा आएसंगै मेनेजरको रुपमा देवि कुमारी क्षेत्री भण्डारीको आगमनले ब्यवसाय अझ फष्टाएको खुशी हुँदै सिता भन्छिन्ः देव कुमारी क्षेत्री भण्डारीको काम प्रतिको लगशिलता र इमान्दारिताका कारण ब्यवसायमा आज यो सफलता मिलेको हो ।
आर्थिक उन्नतिको मुल मार्ग पर्यटन ब्यावसाय नै हो भन्नेमा दुईमत छैन । देशको प्राकृतिक र साँस्कृतिक सम्पदाको कुशल सम्पादन एवं ब्यावसायबाट पर्यटनले राज्यको आर्थिक क्षेत्रमा आमुल परिवर्तन ल्याइदिन्छ । पर्यटन क्षेत्रमा पर्याप्त लगानि भौतिक पुर्वाधार ब्यावस्थापन पर्यटकिय स्थल संरक्षण र बिकाशका साथ पर्यटन ब्यावसायलाई तुल्याउने माध्यम अपेक्षित शान्ति र सुरक्षा ब्यावस्था र खानपान ब्यावस्थाका साथै पर्यटन लोभ्याउन सक्ने खुबि भएमा आर्थिक अवसरका साथ आर्थिक उन्नति, राष्ट्रिय आय, करको बृद्धि बिदेशी मुद्रा आर्जन देखि वेरोजगारी समस्या समधान हुनमा बिषेश भुमिका होटल ब्यावसायको नै हुने उनको भनाईछ ।