Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नयाँ दिल्ली । भारतमा दोस्रो चरणको कोरोना नराम्रोसँग फैलिएको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । केही दिनयता निरन्तर कोभिड संक्रमण दर बढेपछि यहाँका सरकारी तथा निजी विद्यालय अर्को सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिइएको हो । नयाँदिल्लीका मुख्यमन्त्री अनरविन्द केजरीवालले एक ट्विटमार्फत कोभिड संक्रमण दर बढेसँगै दिल्लीका सबै विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । बिहीबार मात्रै पनि दिल्लीमा सात हजारभन्दा बढी व्यक्ति संक्रमित भएका थिए । यस्तै, दिल्लीको गंगाराम अस्पतालसहित अन्य अस्पतालमा कार्यरत डाक्टरसमेत संक्रमित भएको समाचार सार्वजनिक भएका छन् । दिल्लीमा जस्तै भारतका अन्य राज्यहरूमा पनि कोभिड संक्रमण दर तीव्र गतिमा बढेको छ । यसमध्ये महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ । संक्रमण दर बढेसँगै कतिपय राज्यले रात्रिकालीन कफ्र्यु जारी गरिसकेका छन् भने कतिपयले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न आदेश दिएका छन् । नयाँदिल्लीमा पनि गत मंगलबारदेखि रात्रिकालीन कफ्र्यु जारी भएको छ । कफ्र्यु आगामी ३० अप्रिलसम्म जारी रहनेछ । बिहीबार भारतमा एक लाख ३१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतमा कोरोना भाइरसबाट एकै दिन करिब डेढ लाख संक्रमित भएका छन् । यो संख्या कोरोना भाइरस महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जनाएका छन् । उनीहरूका अनुसार पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरसबाट एक लाख ४५ हजार तीन सय ८४ जना संक्रमित भएका हुन् । भारतमा हालसम्म एक करोड ३२ लाख पाँच हजार नौ सय २६ जना संक्रमित भएका छन् । अधिकारीहरूले सोही अवधिमा भारतमा देशभरि कुल सात सय ९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाएका छन् । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १० लाख ४६ हजार ६ सय ३१ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार यहाँ ७७ हजार पाँच सय ६७ जना कोरोना भाइरसमुक्त भएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल