Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुखले डाके आज सर्वदलीय बैठक

काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।
दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई डाकिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए । कारबाही गरिएका आफ्ना १४ सांसदलाई सभामुखले १३ दिनसम्म निर्णय नगर्दा दल विभाजन भएको भन्दै एमाले सभामुखविरूद्ध आन्दोलित छ । एमालेले सभामुखले गल्ती बोध गरेर आत्मालोचना गर्नुपर्ने अडान राख्दै संसद् अवरूद्ध गर्दै आएको छ । तर, एमालेले कारबाही गरेका १४ सांसदको निर्णय आजै सर्वोच्च अदालतले गर्ने सम्भावना रहेकाले यही मुद्दालाई आधार मानेर अबको संसद बैठक अवरूद्ध हुने सम्भावना कम छ ।