Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभामुख हटाउने प्रस्तावमा कांग्रेसले मुन्टो हल्लायो

काठमाडौं। काँग्रेस जसरी पनि अमेरिकी सहयोग एमसीसी पास गर्ने पक्षमा छ भने एमाले गठबन्धन टुटाउने अर्जुन दृष्टिका साथ अघि बढेको छ । नेपाली कांग्रेस र नेकपा एमाले बीचको वार्ता सहमतिउन्मुख रहेको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेताहरुसँग निरन्तर छलफल गरेका थिए ।
एमसीसी सदनबाट पारित गराउनेगरि कांग्रेस नेताहरुले एमाले नेतृत्वसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । सत्ता गठबन्धनमा एमसीसीलाई लिएर समान धारणा छैन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान नगर्ने बताईसकेका छन् । यो सँगै प्रधानमन्त्री देउवाले एमालेको साथ खोज्नेगरि आफ्नो कदम चालेका छन् । एमालेसँगको छलफल सकारात्मक बनेको कांग्रेस नेताहरुको दाबी छ । एमालेले संसद्को बैठकमा भाग लिने वातावरण बनाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेको छ ।
यसको लागि एमालेले दुई वटा मुख्य शर्त अघि सारेको छ। पहिलो शर्त एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाहीको सूचना टाँस्न लगाउने र दोस्रो सभामुखलाई हटाउने रहेको छ। यी शर्तमध्ये दोस्रो र्शमा कांग्रेसले सहमति जनाएको छ। पछिल्लो समय सभामुख हटाउनेबारे एमाले र कांग्रेसको उच्च नेतृत्वमा सहमति बनिसकेको छ । सभामुख हटाउनेबारे कांग्रेस र एमालेबीच सहमति हुने थाहा पाएपछि आजमात्रै प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री देउवालाई भेटेर सत्ता गठबन्धन जोगाउनेबारे छलफल गरेका थिए ।