Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारकै टिम लाग्यो मेलम्ची सिध्याउन

मेलम्ची ‘एक’ पनि ब्रम्हलुटमै देखियो
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी परियोजनाको सुन्दरीजलसम्मको विवादले मेलम्ची ‘एक’ पनि आर्थिक रुपमा धरासायी हुँदैछ । पात्र फकर छन् प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार घनयाम भट्टराई मेलम्ची विकास समितिको प्रमुख हुँदा गरेका भ्रष्टाचारले गन्हाएका थिए । प्रम ओलीले यस्ता भ्रष्ट बोकेर चलाएको भ्रष्टाचार विरोधी अभियान कसरी सफल होला ? यिनै भट्टराईले उचालेर इटालियन ठेकेदार सिएमसीलाई काम गरेको ३६ करोड भुक्तानी दिँदा गढबढ गरियो त्यहाँ देखिए गजेन्द्र ठाकुर नामक कंश ।
अहिले सरकार ११ प्रतिशत काम बाँकी रहेको मेलम्चीमा रु २ अर्ब ५२ करोडमा पेटी ठेक्का दिँदैछ । त्यो ठेक्का यिनै भ्रष्ट घनश्याम भट्टराईको तजबिजमा लगाइँदैछ । जबकि मेलम्ची बोर्डले त्यो ठेक्का लगाए हुन्थ्यो । मन्त्रीपरिषद्लाई फसाउन भट्टराई सफल भए । सुन्दरीजलसम्म्को परियोजनाको भ्रष्टाचारले सुन्दरीजल यताको मेलम्चीको लुट ओझेलमा परेको छ । यो लुटका नायक हुन् आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक तिरेश खत्रि । यिनले वार्षिक १ करोड रुपैयाँ पिआईडीबाट भोजभतेरका निम्ति खर्च गरिरहेका छन् भने विदेशी ब्राण्डका रक्सी नेताहरूलाई बुझाएर मासिक १० लाख आफैंले रक्सीमै सिध्याएका छन् । जबकि नेपालमा स्तरीय ब्राण्डका रक्सी छन् तर खत्री प्रतिलिटर ५० हजारदेखि एक लाखसम्मको रक्सी पिआईडीकै खर्चमा पिइरहेका छन् । खानेपानी मन्त्रालयका सहसचिव खत्री चार वर्षसम्म प्रोजेक्ट अफिसर छन् । सरकारले एउटै व्यक्तिलाई यस्तो मौका दिएको यो पहिलो हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक महेश भट्टराई र खत्री एडिबीका दलाल भएकाले सो पदमा टिकेर लुटिरहेका छन् । मेलम्ची आयोजनाका प्रमुख सूर्यराज कँडेल र प्रमका सल्लाहकार घनश्याम भट्टराई तत्कालिन सचिव गजेन्द्र ठाकुरले मन्त्री बिना मगरको हुर्मत लिए । प्राविधिक क्षेत्रको अनुभव नभए पनि मन्त्री बिना मगर पनि यिनै लुटाहाहरूको जालमा परिन् । अहिले दश टुक्रा पारेर ठेक्का लगाउँदा भ्रष्टाचार बढ्ने छ । त्यहाँ प्रधानमन्त्री केपी ओली जोडिँदैछन् । एशियाली विकास बैंकका दलालहरूले त आफ्नो स्वार्थ हेर्ने नै भए । मन्त्री बिना मगरले सिएमसीलाई फकाउन चाहेकी थिइन् । उनको टिम पनि शुद्ध थिएन । तर सरकारले भ्रष्ट भट्टराईको कुरा पत्यायो । अर्थात् प्रम ओली यहाँ फसे । सिएमसीले काम गथ्र्यो भने रु २ अर्ब ५२ करोड खर्च हुने थिएन । उसले पेटी ठेक्का लगाएका कम्पनीहरूलाई रु १ अर्ब ५३ करोड २० लाख तिर्नुछ । त्यसको भुक्तानी गर्न सिएमसीको बैंक धरौटीले पुग्छ भनेर घनश्याम भट्टराईको ब्रम्हलुट छोपिँदैछ । पुरानो भुक्तानी नपाएसम्म नयाँ ठेक्काको काम हुने छैन । यो जान्दाजाँदै सरकारले कोलमा खुट्टा हालेको हो । अब मेलम्चीमा रु १५ अर्ब खर्च हुने अनुमान गरिँदैछ । मेलम्ची र ढलको नाममा झण्डै १० अर्ब खर्च भइसक्यो । मेलम्ची एकमा ३० अर्ब खर्च हुँदा पनि नपुगेपछि सरकारले रु ८ अर्ब थपेको छ । त्यसरी नै मेलम्चीका बाँकी कामका लागि ७ अरब ४६ करोड छुट्याइएको छ । अब मेलम्ची कहिले आउँछ निश्चित छैन ।
मेलम्ची एकको लुट
लगातार ४ वर्ष पिआईडीको कार्याकारी बनेका तिरेश खत्री पैसाको उन्मादले पार्टीका नेता प्रधानमन्त्रीसम्मको विश्वासिलो पात्र बन्दै गर्दा अख्तियारको पेलाईमा पर्दै छन् । मेलम्चीले सुन्दरीजलसम्मको लुटलाई विवादमा पार्दा उपत्यकाभित्रको पाइप विस्तार र ढलमा अर्वौ छेलोखेलो भएको छ । मेलम्ची १ छानविनमा पर्दा तिरेश खत्री बाँधिने निश्चित छ । मेलम्चीको पानी सुन्दरीजलमा झर्ने बेलामा विवाद बढाइयो । केयुकेयलले समेत आफ्नो प्रोजेक्टको ख्याल गरेन । त्यहाँ एडिबीकै दलाल महेश भट्टराई महाप्रबन्धक छन् । लुट त्यहाँ छ । भेरीएसन अर्डर र पैसा बाँड्ने चरित्र बढ्दो छ ।