Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सलह दोस्रो किस्ता नेपाल आउँदै

काठमाडौं । ठूलो हल्ला खल्ला मच्चाइएको सहलको पहिलो किस्ता नेपाल आए पनि हल्ला गरिएजस्तो क्षति गरेन । फेरि अर्को किस्तान सलह नेपाल आउने आँकलन गरिको छ । यसअघि असार १५ गते नेपाल प्रवेश गरेका सलहका झुन्डले मुलुकका विभिन्न जिल्लामा अन्नबालीमा क्षति पुर्‍याए पनि अन्ततः अनुकूल मौसम नहुँदा तितिरवितिर हुनुका साथै मरेका थिए। तर, भारतबाट फेरि सलहको झुन्ड आउनसक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया क्षेत्रमा सलहका दुई वटा झुन्ड छन्। ती झुन्डले १ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको बताइन्छ। यी झुन्ड हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै नेपालको धनुषा,महोत्तरी, सर्लाही क्षेत्रमा प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको छ, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले शनिबार जारी गरेको सूचनामा भनिएको छ। केन्द्रका अनुसार भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झुन्ड पनि दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान छ। केन्द्रले यसबारे जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी पूर्वानुमान तथा निगरानीको काम भइरहेको जनाएको छ। यसअघि असार १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुन्ड अर्को दिन लखनउ नजिक बाँसी पुगेको थियो। त्यसको अर्को दिन असार १५ गते सलहको झुण्डबाट छुट्टएिर आएको केही सलह नेपालमा देखा परेका थिए।