Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रका दुई दर्जन बढी हाकिम घर जाने तयारीमा

काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा उमेरको हद, ३० बर्से सेवा अवधि र पदअनुसारको अवधिका कारण अनिवार्य अवकाश पाउने व्यवस्था छ । हाल अवकाश पाउन लागेका सबै उच्चपदस्थ अधिकृतहरूले ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।

नेपाल प्रहरी र तत्कालीन शाही नेपाली सेनामा कार्यरत अधिकृत र तल्लो तहका सुरक्षाकर्मीलाई स्थानान्तरण गरी २०५८ सालमा सशस्त्र प्रहरी बलको गठन गरिएकामा माथिल्लो तहमा यही मंसिर अन्तिम सातादेखि नेपाली सेनाबाट आएकाको संख्या एक मात्र हुनेछ । नेपाल प्रहरीमा कार्यरत ९ हजार ८ सय १४, नेपाली सेनाका १ सय २० र करारमा ६१ जनालाई राखी सशस्त्र प्रहरी बल गठन गरिएको थियो ।नेपाली सेनाबाट स्थानान्तरण भई आएकामध्ये सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ मात्र सशस्त्रको नेतृत्वमा पुगेका छन् ।

बस्नेत र श्रेष्ठले आईजीपी बनेर हाँकेको सशस्त्रको माथिल्लो निकायमा अब नेपाली सेनाबाट आएका चन्द्रप्रकाश गौतम मात्रै हुनेछन् । नायब महानिरीक्षक (डीआईजी) पदमा कार्यरत गौतम मात्र अब सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा रहनेछन् । ३ वैशाख २०५२ मा सेनामा प्रवेश गरेका उनी हालको ३० बर्से सेवा अवधि यथावत् रहेको अवस्थामा २ वैशाख २०८२ सम्म सेवामा रहनेछन् । गौतम ६ कात्तिक २०७५ मा राजु अर्याल र नारायणदत्त पौडेलसँगै डीआईजीमा बढुवा भएका थिए । अर्याल र पौडेल भने १८ चैत २०५४ मा प्रहरी निरीक्षकका रूपमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भई हाल डीआईजी पदमा कार्यरत नगेन्द्रकुमार थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिश्चन्द्र अधिकारीले यही २७ मंसिरमा अनिवार्य अवकाश पाउँदै छन् ।


सम्बन्धित समाचार