Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहकारीका ठग पक्राउ

काठमाडौं । सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका(२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई सोमबार नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।
सिटौला समेत भएको ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत्र ७ गतेको फैसलाले १ महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना हुने ठहर भएकी सिटौला उक्त सजाय वेरुजु रही फरार रहेकी थिइन् ।
काठमाडौं टोखा नगरपालिका(९ स्थित नाङ्गलो दिप सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडकी संचालक सदस्य सिटौला समेतका पदाधिकारीहरुले २०७०र७१ सालमा २ सय २ जना निक्षेपकर्ताहरुलाई आकर्षक सेवा, सुविधा र उपहार दिन्छौ भन्दै बिभिन्न प्रलोभनमा पारी जम्मा हुन आएको १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ आफूखुसी खाईमासी ठगी गरेको कसूरमा अदालतले प्रतिवादी प्रतिमा सिटौलालाई उल्लेखित सजाय गरेको थियो ।
सिटौलालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।