Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहकारी छानबिन समितिले प्रतिवेदन आज बुझाउँदै

काठमाडौं । सहकारी छानबिनसम्बन्धी संसदीय समितिले आफ्नो प्रतिवेदन आज संसद् बैठकमा पेस गरिँदै छ ।

समितिका सभापति सूर्य थापाले दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने तयारी छ । त्यसअघि समितिको बैठक बस्नेछ । र, प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गर्नेछन् । आइतबार हिजो दिउँसोदेखि अबेर रातिसम्म बसेको बैठकबाट प्रतिवेदनलाई अन्तिम रूप दिइएको हो ।

नेकपा एमालेका सांसद थापाको संयोजकत्वमा बनाइएको समितिले सहकारीमा देखिएका समस्यासम्बन्धी अध्ययन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका पूर्व गृहमन्त्रीमन्त्री रवि लामिछानेलगायत व्यक्तिलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।

जीबी राई, रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षरमा संयुक्त खाता सञ्चालन भएको पुष्टिसहितको प्रतिवेदन समितिले तयार पारेको छ ।