Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहकारी छानविन समितिले प्रतिवेदन लेख्नुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दैछ । साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । हिजाबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ । हिजो समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो । उनीहरुसँग फरार व्यक्तिहरूको खोजबिन गर्न साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरिएको जनाएको छ । अहिलेसम्म सहकारी ठगीमा जोगिएको २८ जना विदेशमा फरार छन् ।