Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सहज भयो कोरोना बीमा, पीसीआर पोजेटिभ देखिनेबित्तिकै अब दाबी भुक्तानी

काठमाडौं । केही अन्योलबीच विवादित बनेको कोरोना बीमामा निजी ल्याबको रिपोर्टसम्बन्धी अन्यौलता हटेको छ । बीमा समितिले आइतबार कोरोना बीमालेख र कोरोना बीमासम्बन्धी मापदण्डलाई संशोधन गर्दै निजी ल्याबको परीक्षणलाई पनि मान्यता दिने व्यवस्था गरेको हो । योसँगै कोरोना बीमाको दाबी भुक्तानीसम्बन्धी विवाद समाधान समेत भएको छ । समितिले गरेको संशोधनमा यसअघि बोरोना बीमा मापदण्डमा उल्लेखित “नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रयोगशाला” भन्ने वाक्यांशलाई हटाएर “नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशाला” भन्ने वाक्यांश समावेश गरेको छ । ये संशोधनले हाल स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने बाटो खोलेको हो । बीमा समितिले निजी ल्याबको परीक्षणलाई मान्यता दिए पनि नयाँ बीमालेख जारी गर्ने र पोजेटिभ देखिएकाको भुक्तानी गर्ने प्रक्रियामा भने निकै कडाइ गरेको छ ।