Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांस्कृतिक संघमा फुलारा 

नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा युवा साहित्यकार भीष्मराज फुलारा मनोनित हुनुभएको छ । संघका अध्यक्ष तीर्थ थापाले उहाँलाई केन्द्रिय सदस्यमा मनोनित गर्नु भएको हो । युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको ‘कस्तो भाइरस आयो’, ‘जुनसरी बिलाई गयौं’, ‘हमेशा यो शहरको डेरामा’, ‘भाग्यभित्र जीवन खोज्दै’ को अडियो तथा भिडियो श्रोता दर्शक माझ आइसकेको छ भने ‘आँसु पिउदै’ को भिडियो र ‘वासुदा’ नामक कृति सार्वजनिक हुने क्रममा रहेको छ । फुलाराका सार्वजनिक कृतिमध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृति हो । फुलारा लिटरेचर फाउण्डेसन नेपालका अध्यक्ष हुनुहुन्छ ।