Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउन ८ बाट खुल्दैछ विद्यार्थी भर्ना

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको हो । अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण सुरु गर्ने भनेका छौं, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने । उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।