Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साढे २ महिनापछि लकडाउनमुक्त बुहान

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको वुहान साढे २ महिनापछि लकडाउनमुक्त हुँदा विश्वका सबैजसो भागमा कोरोनाको आतंक जारी छ । लकडाउन खुल्ला भएसँगै वुहानको जनजीवन सामान्य बन्दै जान थालेको छ भने वुहानमा ७६ दिनदेखि घरभित्रै रहन बाध्य भएका मानिसहरु गन्तब्यसम्म जाने तयारीमा जुटेका छन् ।
बुधबार मात्रै ५५ हजार भन्दा बढी यात्रुले रेल मार्फत वुहान शहर छोड्ने अनुमान गरिएको छ। बुधबारदेखि रेलवे तथा विमान सेवा सुचारु भएका छन् । यस्तै राजमार्गका प्रवेशद्वारहरु खुला गरिएका छन् ।
१ करोड १० लाख मानिसको बसोबास रहेको वुहान कोरोना भाइरसको महामारी फैलिएपछि गत जनवरी २३ देखि लकडाउनमा थियो । वुहानमा मात्रै कोरोना भाइरुसका कारण २५ सय भन्दा बढीको मृत्यु भएको थियो भने ५० हजार भन्दा बढी संक्रमित भएका थिए ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएसँगै वुहान ७६औँ दिनमा लकडाउनमुक्त भएको हो ।


सम्बन्धित समाचार