Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सातै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् । सातवटै प्रदेशमा ओलीनिकट प्रदेश प्रमुखहरु छन् । उनीहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् । सातवटा प्रदेशमा गठबन्धनका दलहरुसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका छन् । सातवटा प्रदेशमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाबाट २२ र जनता समाजवादी पार्टीबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ । सम्भवत आउँदो हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विश्वस्त स्रोतले जानकारी गराएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल