Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामान्य विवादमा छुरा प्रहार

काठमाडौं । लम्जुङ, छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा बेशिसहर नगरपालिका-७ हाईस्कुल चोक बस्ने २७ वर्षीय सुनिल श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सामान्य विवादको कारण उनले छिमेकी २७ वर्षीय शिब गुरुङलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । छुरा प्रहारबाट घाइते भएका शिब गुरुङलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसिसहर लमजुङ लगोएकोमा थप उपचारको लागि काठमाडौं ग्राण्डी अस्पताल रिफर गरिएको छ ।
नुवाकोट, धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा मेघाङ गाउँपालिका-३ चिउरीभञ्याङमा लेवर काम गर्ने मेघाङ गाउँपालिका-४ किम्ताङ बस्ने ३० वर्षीया टुल कुमारी बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विवादका कारण बिकले सोही स्थान लेवर काम गर्ने सुनसरी ईटहरी महानगरपालिका-२४ बस्ने ५४ वर्षीय नारायण भण्डारीलाई खुकरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट र प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते भण्डारीलाई उपचारको लागि स्वास्थ्य चौकी मेघाङ लगिएकोमा थप उपचारको लागि त्रिशुली अस्पताल रिफर गरिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।