Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिँचाई आयोजनाका निमित्त प्रमुख सुन्धाराबाट युवतीसहित मध्यराति पक्राउ

काठमाडौं । सुन्धारास्थित ईशान होटलबाट महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट पक्राउ परेका छन् ।
त्यहाँ उनले, मसँग ११ लाख छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो भन्दै बुधवार मध्यराती होटलमा यसरी हल्ला गरेको सुनेपछि प्रहरी कन्ट्रोलको १०० नम्बरमा कसैले फोन गरे गरेपछि उनी प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरी तत्काल घट्नास्थल पुग्यो । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्टलाई पक्रियो । युवतीको साथमा होटलमा मस्ति गरिरहेका विष्टको साथबाट प्रहरीले स्रोत नखुलेको ११ लाख रुपैयाँ बरामद गरेको छ । बरामद गरिएको ११ लाखसहित उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा बुझाएको छ । दार्चुला घर भएका ५१ वर्षीय प्रचण्डदेव विष्टलाई नियन्त्रणमा लिएर स्रोत नखुलेको ११ लाख रकमबारे छानविन भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन् ।