Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि २८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ जेठ ५ गते शुक्रबार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८ः३० बजे सिटी होटल सोल्टीमोड काठमाडौंमा आईपीओ बाँडफाँटको तयारी गरिएको छ ।
उक्त कम्पनीको आईपीओमा ११ लाख ६१ हजार २ सय ८० जनाले १ अर्ब २७ करोड ८८ लाख ९९ हजार रुपियाँ बराबरको १ करोड २७ लाख ८८ हजार ९ सय ९० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएर बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाउने कम्पनीले जनाएको छ ।
यसअघि विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले काठमाडौं सोल्टिमोडमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालन गरिरहेको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल