Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिट बाँडफाँडमा मिलेन कुरा, फुट्ने नै भयो त ? गठबन्धन

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट फाँडफाँटमा सहमति नजुटेको हो ।

यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विनानिष्कर्ष बैठक सकिएको छ ।

सिट फाँडफाँटका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै शीर्षनेतालाई सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । तर, शीर्षनेताहरुले पनि सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको गठबन्धन बैठकमा दलहरुले आ–आफ्नो अडान राख्दा सहमति नजुटेको हो । सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बस्ने तयारी गठबन्धनको छ । सिट बाडँफाँडको विषयलाई लिएर गठबन्धन थप पेचिलो बनेको छ । गठबन्धनका एक नेताका अनुसार गठबन्धनमा सिट बाँडफाँडको कुरा नमिल्ने बताएका छन् । काङ्ग्रेसको सय सिट आफूहरुले पाउनुपर्ने अडान छ । तर,माओवादी त्यसमा जान सहमत छैन । योसँगै अब गठबन्धनमा किचलो देखिएको छ । सिट बाँडफाँडकै विषयलाई लिएर गठबन्धन फुट्ने विश्लेषकहरु बताउँछन् ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल