Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धुपाल्चोकमा फेरि अर्को विपत्ति : चार जनाको मृत्यु, १६ बेपत्ता

काठमाडौं । प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोकले फेरि अर्को विपत्तिको सामना गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयले जनाएको छ । हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ ।
घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भिक सूचना आएको डिआईजी लामाले बताए । भिरखर्कमा पनि प्रहरी पुग्दै छ, डिआईजी लामाले भने– क्षतिको यकिन विवरण आउन बाँकी छ । यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि १०–१२ वटा घर पुरिएको छ । त्यहाँ तीनजनाको मृत्यु भएको छ । टाङ्सार भन्ने ठाउँमा केही घर पुरिएको र तीनजना घाइते भएका छन् । लामो समयको वर्षापछि राति करिब २–३ बजे पहिरो गएको स्थानीयले जानकारी दिएका छन् । यो वर्ष सिन्धुपाल्चोकमा पटक–पटक गएको बाढी र पहिरो कारण ठूलो धनजनको क्षति भएको छ ।