Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिरिया र टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो

एजेन्सी । सिरियासँगै सिमावर्ती दक्षिणपूर्वी टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या हालको भन्दा आठगुणा बढ्नसक्ने अनुमान त्यहाँ खटिएका उद्धार तथा राहतकर्मीहरूले जनाएका छन्। टर्कीमा गएको यो अहिलेसम्मकै धेरै ठूलो स्केलको भूकम्प हो। सोमबार बिहान पहिलोपटक र त्यसको १२ घण्टापछि फेरि उत्तिकै शक्तिशाली झट्काले त्यहाँको जमिन बेस्सरी हल्लाएको थियो। अहिलेसम्म ४३ सयभन्दा धेरैको ज्यान गइसकेको सरकारी अधिकारीहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले त्यको आठगुणाभन्दा धेरै मानिसको मृत्यु हुनसक्ने अनुमान गरेको छ।
टर्कीले देशमा संकटकाल लगाएर उद्धार र राहतको काम तीव्र पारेको जनाएको छ। टर्कीले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेपछि विश्वका ४५ देशहरूले राहत तथा उद्धार टोली खटाएका राष्ट्रपति राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले देशको यो आपत र संकटकालीन अवस्थामा संयम रहन अपिल गर्दै राष्ट्रको संकटमा सबैलाई एकजुट हुन र अप्ठ्यारो परेकाहरूलाई सहयोग गर्न अपिल गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि टर्की र सिरियाको यो सङ्कटपूर्ण घडीमा अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपिल गरेका छन्। उनले त्यहाँ ‘मानवीय सहायता’को निकै आवश्यक रहेको बताएका छन्।
दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रबिन्दु बनाएको गएको भूकम्पले मध्य टर्कीलाई पनि बेस्सरी हल्लाएको थियो। भूकम्पको झट्का महसुस गर्नेहरूले जमिन १ मिनेटभन्दा धेरै बेरसम्म हल्लिएको बताएका छन्। भूकम्पले धेरै क्षति पुर्‍याएका टर्कीका दश सहरहरूमा विद्यालयहरू कम्तीमा एक साताका लागि बन्द गरिएका छन्। स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेट जाँदा गाजीयान्टाप क्षेत्रमा ७।९ म्याग्निच्यूडको भूकम्प गएको हो। बितेको एक वर्षमा यो अहिलेसम्म सबैभन्दा ठूलो भूकम्प हो। त्यसको १२ घण्टापछि फेरि उत्तिकै शक्तिशाली कम्पनले हल्लाएको थियो। २० लाखभन्दा धेरै जनसंख्या रहेको दक्षिणीपूर्वी टर्कीको यो क्षेत्रमा करिब ५ लाखभन्दा सिरियाली शरणार्थीहरू छन्। समाचारहरूका अनुसार यो भूकम्पको गहिराइ जमिनदेखि १० किलोमिटर मुनि थियो। भूकम्पबा सिरियाली शरणार्थीहरू बसेको क्षेत्रमा धेरै क्षति भएको बताइएको छ।
नजिकैको सिरिया क्षेत्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। टर्की विश्वसको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमधये एक हो। सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए।