Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमानामा भारत र चीनबीच फेरि तनाव, दुवै देशले खाेले फायर

काठमाडौँ । ठूला दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ । सोमबार राति भारत–चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ । भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै टाइम्सले जनाएको छ । भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वीलद्दाख सीमामा फायरिङ भएको उल्लेख गरेको छ ।
चीनको सेनाका प्रवक्ता सिनियर कर्नेल जोंग शियुलीले विज्ञप्ति जारी गर्दै भारतीय सेना भारत–चीन सीमा पार गरेर पन्गोग त्सो लेकको दक्षिणी किनाराको पहाड नजिक शेनपाओ पहाडको इलाकामा घुसेको बताएका छन् । चीनले यो उल्लंघनपछि भारत र चीनबीच पछिल्लो पटक बनेको सहमतिको गम्भीर उल्लंघन भएको जनाउदै तनाव बढ्न सक्ने संकेत गरेको छ ।
चीनले यसबाट दुवै पक्षमा असमझदारी बढ्ने र यो कदम सेनालाई उत्तेजित बनाउने कदम भनेको छ । चीनले भारतलाई सीमा क्षेत्रमा यस्ता गतिविधि बन्द गर्न र सीमाबाट सेना फिर्ता लैजान आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । केही दिनअघि भारत र चीनका रक्षामन्त्रीको मस्कोमा छलफलपछि भएको यो घटनाले अब तनाव थप बढ्ने संकेत देखिएको छ ।
चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको समेत भारतले दाबी गरेको छ । गत जुनमा भएको एउटा हिंसात्मक झडपमा २० भारतीय सैनिकहरू मारिएका थिए। त्यस घटनामा कति चिनियाँ मारिए भन्ने प्रष्ट छैन।