Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुदूरपश्चिममा एकै दिन २२४ जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा छ । एकै दिन २२४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा क्रियाशील संंक्रमितको संख्या ४ सय ८४ पुगेको छ । बिहीबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट १ सय ९९, सेती प्रादेशिक अस्पताल २४ र भेरी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणबाट १ जना गरी २ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ सय ८४ पुगेको छ । यसअघि नै १ सय ११ जनामा संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये कैलालीका २५, कंचनपुर २०, अछाम ३०, बैतडी २५, बाजुरा ४१, डडेल्धुरा ८३ जना रहेका जनाइएको छ ।
सामाजिक विकास मन्त्रालय अन्त्रगत स्वास्थ्य निर्देशनालय डोटीले हरेक दिन गर्ने मिडिया ब्रिफिङ्गमा सो कुराको जानकारी दिएको हो । यो प्रदेशमा हालसम्म ९९५३ जनाको पीसीआर विधिवाट जाच गरिएका मध्ये ९३५४ जनामा नेगेटिभ आएको हो ।
४१७५ जनाको रिपोट आउन बाँकी छ र पोजिटभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । कोभिड–१९ का संक्रमित मध्ये अछाममा ५१, बैतडीमा ५२, बझाङ्गमा १६, बाजुरामा ६१, डडेल्धुरामा १२३, दार्चुलामा १२, डोटीमा ३८, कैलालीमा १५३, कञ्चनपुरमा ९४ गरी ५ सय ९९ जना संक्रमित रहेका छन् । जसमध्ये १११ जना निको भइ घर गएका छन् र ४ जनाको मृत्यु पश्चात अब संक्रमित सक्रिय संख्या ४ सय ८४ रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । आरडिटी बिधिवाट ८२ हजार ८३७ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३३०२५ पुरुष र ७४४७ जना महिला रहेको उनले बताए । प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद ४५ र संक्रमित ११९ गरी १६४ जनाको उपचार भइरहेको उनले वताए । ४३५ जना भने सामान्य उपचार पछि घर गइसकेको उनले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा २२, टिकापुर २३, महाकाली,३५, अछाम १०, बझाङ्ग १, डोटी ३, बाजुरा २, डडेल्धुरा २३ र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।