Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले विरामी छ । पार्टीका नेता डा. भीम रावललाई निष्काशन ग¥यो, सुदूरपश्चिम भत्क्यो । एमालेको युवा लक्ष्यित सुदूरपश्चिमको कार्यक्रम प्रभावित होला नहोला डा. रावलको गृहजिल्ला अछाम भने प्रभावित हुनेछ । काँग्रेसका कर्ण मल्ललाई डा. आरजुकै कारण पार्टीमा टिक्ने ठाउँ भएन । मल्ल सभापति देउवाका स्वकीय सचिव थिए । देउवाको नाममा दाम उठाउने तर पुरा नबुझाएकै कारण डा. आरजुले कर्ण मल्ललाई मन पराएकी थिइनन् । उनी नेपाली काँग्रेस बीपी पार्टीको अध्यक्ष हुन् । एमाले बन्नु पूर्वको मालेका समर्थक प्राध्यापक कर्ण मल्ल अर्का चर्चित हुन् । दुई मल्लले डा. रावललाई साथ दिँदा नेकपा एमाले सुदूरपश्चिममा ठूलै हलचल आउन सक्छ । अध्यक्ष ओलीको विकल्पमा पूर्व राष्ट्रपति विद्यालाई राजनीतिमा फर्काउन हिजो ओलीले च्यापेका आज उनीबाट तर्केका गोकुल कास्कोटा, कर्ण थापाहरूको टोलीले पनि विद्याको हकमा रावल नरम बन्दा सघाउने अवस्था छ । झापामा दुर्गा प्रसाईले ओलीको स्वास्थानी बाचन गरेका छन् । युट्युबे पत्रकारहरूको जमात पालेका प्रसाई जस्ताको मनपरी रोक्न सरकारले सञ्चार सम्बन्धी विधेयक ल्याएकै छ । प्रधानमन्त्रीको भ्रष्टाचार विरोधी मोह केबल प्रचार मात्र बन्दैछ । त्यो मोह ठिक उल्टो छ । जहाँ सरकार असफल छ । नेकपा एमाले सफल बन्ने ठाउँ रहँदैन । डा. रावलको टोलीले कर्णालीबाट संघीय सरकारबाट लादिएको दमनको प्रतिकार मात्र ग¥यो भने काँग्रेस र एमाले गण्डकी, बागमतीतिर थन्कनु पर्ने छ । किनकि दुई तिहाईको सरकार राज्य लुट्न बनेको हो । प्रम ओलीको हस्तक्षेप नभएको ठाउँ छैन । कुनै पनि मन्त्रीले आफू विचार गरेर विवेकपूर्ण काम गर्न पाएका छैनन् । काँग्रसकी डा. आरजु एमालेका केपीका स्वीकृत बिना सरकारका कुनै निर्णय हुँदैनन् । जताततैको त्यो अत्याचारले पार्टी र सरकारसँगै बदनाम हुँदा एमालेको अवस्था कस्तो होला ?
२०८१ फाल्गुन ९
ताजा नेपाल
२०८१ फाल्गुन ९
ताजा नेपाल
२०८१ फाल्गुन ९
ताजा नेपाल