Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी नाउपाका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई विहिबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए। उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति नै शपथ ग्रहण गराएका थिए। नाउपाका सात सांसदमध्ये अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन्। दुवैलाई मन्त्रीमा नियुक्त गर्ने सहमति भएपनि विहिबार कैलाशले मात्र मन्त्री पदको शपथ लिएका छन् तर टीका थापाले भने मन्त्री बन्न अस्वीकार गरेकी छन्। आन्तरिक रुपमा रोजेको मन्त्रालय नपाएको बताइए पनि सामाजिक सञ्जालमा भने टिका थापाले आफुलाई बिना विभागीय मन्त्रीको शपथ खान भनिएको र कुनै मन्त्रालय फुटाएर मन्त्रालय तोकिने भनेपछि आफुले मन्त्रीको शपथ खान अस्वीकार गरको बताएकी छन्। मन्त्रीको शपथ लिन प्रदेश प्रमुखको कार्यालय पुगेकी थापा अन्तिम समयमा शपथ नलिएर बाहिरिएकी थिइन्। अर्को तर्फ कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए शपथ नलिने अडान लिएपछि राति शपथ गराइएको थियो। मन्त्री नबनेपछि आक्रामक हुदै सांसद थापाले आफू सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन समेत नगर्ने सामाजिक सञ्जालमा लेखेकी छन्। सत्ताको भागबन्डामा ७ सांसद समेत दुई समुहमा रहेको नाउपा सुदूरपश्चिमका सांसद अब रञ्जिता पक्षका दुई सांसद समेत दुई तिर पुगेका छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल