Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । घरको चालचलनबाट दिक्क भएर आफूलाई जन्म दिने आमालाई आमा नमान्ने टीओबी समूहका सुधन गुरुङ गृहमन्त्री हुन् कि प्रहरी हाकिम हुन् भन्ने प्रश्न जनताले गर्न थालेका छन् । प्रहरीले उनलाई पक्राउ गर्न सक्छ ? पुख्र्यौली सम्पत्ति, जग्गाजमिन सरकारी मापदण्डभन्दा माथि भएका मन्त्री गुरुङको सम्पत्ति विवरणले देखाएको छ । त्यसैमा विवाद हुँदा उनले केही समय पद त्याग गरे । जन्मदिने आमा माताको भूमिकामा रहँदा सुधनले ‘मेरी आमा छैनन्’ भनेका थिए । बाबुले विदेशी पर्यटकको भारी बोकेर जीवन गुजारेको देखाइएको थियो । तर नौ महिना गर्भमा बोकेर जन्माएको छोरा गृहमन्त्री बन्यो । ती आमा जीवितै छिन् । आज प्रहरी प्रतिनिधि बनेर गृहमन्त्री आफैँ संयुक्त अरब इमिरेट्समा आयोजित विश्व प्रहरी सम्मेलनमा भाग लिँदैछन् । जबकि त्यस्तो कार्यक्रममा प्रहरी आईजीपी वा प्रहरीका अधिकृतहरूले सहभागिता जनाउने हो । नेपालका शासकहरू हिजो पनि यस्तै दरिद्र सोचका थिए । सुब्बा र अधिकृत सहभागी हुने यस्ता भेला तथा बैठकमा मन्त्री र सचिवबीच प्रतिस्पर्धा हुन्थ्यो । आज त्यही चाल गृहमन्त्रीमा देखियो ।
उनलाई मावलीले हुर्काउने र बढाउने गरेको बताइन्छ । प्रहरी संगठनको प्राथमिकतामा पर्ने विश्व प्रहरी सम्मेलनका एजेन्डामा अन्तर्राष्ट्रिय अपराध र लागूऔषध ओसारपसार नियन्त्रणका विषय रहने गर्छन् । तर यहाँ प्रहरी जाने कार्यक्रममा मन्त्री सहभागी हुँदा सरकारले रुचाएका आईजीपी डा. मनोज केसी बेखबर भए कि चाकडीमा रमाए ? नेपाल प्रहरीले यसबारे बोलेको छैन । गृहमन्त्री सुधन गुरुङको ढंग नपुग्नुमा मन्त्रालयका सचिव र सहसचिवहरूको परामर्श नलिनु पनि एउटा कारण हो । जस्ता प्रधानमन्त्री छन्, गृहमन्त्री पनि उस्तै छन् । देशको राष्ट्रिय अस्मिता र सार्वभौम अखण्डताका विषयमा रास्वपाको बालेन्द्र गुटलाई चासो छैन । चासो हुन्थ्यो भने अर्थमन्त्रीले भारतविरोधी राष्ट्रवाद छैन भन्दैनथे । प्रधानमन्त्रीले भारतको जमिन नेपालले मिचेको छ भन्दैनथे । नेपाल र भारतबीच मानेभञ्ज्याङ, सुस्ता र महाकालीको सीमा सम्बन्धी विवाद दुवै देशले स्वीकार गरेका छन् । जंगे पिलर हराउनु भारतीय दादागिरी हो । आज सशस्त्र प्रहरीले हराएका सीमा स्तम्भको व्यवस्थापन गर्दैछ । प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणमा जमिनसम्बन्धी विषय वार्तामा उठाउने आँट हुनेछैन । किनकि बालेन्द्रलाई सुधन गुरुङ प्रहरी प्रतिनिधि बनेर संयुक्त अरब इमिरेट्समा आयोजित विश्व प्रहरी सम्मेलनमा सहभागी बन्नु कुनै संकोचको विषय भएन । त्यसैगरी भारतीय समकक्षीसँग नेपालले पाउने अन्तर्राष्ट्रिय हकका बारेमा परराष्ट्रविज्ञले सचेत गराउने अवस्था पनि छैन । ओली प्रवृत्तिका बालेन्द्रले आफ्ना मन्त्रीहरूको कार्यक्षेत्र र अधिकारका बारेमा प्रशिक्षण दिन जरुरी ठानेका छैनन् । शासकीय यस्ता लापरबाहीले ठूलो असर पार्छ ।
२०८३ मंसिर ३
ताजा नेपाल
२०८३ मंसिर ३
ताजा नेपाल
२०८३ मंसिर ३
ताजा नेपाल