Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुभाष नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव

काठमाडौं। राजनीतिक जालझेलमा खप्पिस प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध मोर्चाबन्दी कसिलो बन्दै गएपछि आफूलाई सुक्षित बनाउने अर्को उपाय सुझाएका छन् । जसले उनलाई पार्टी अध्यक्षको जिम्मेवारीमा पुर्याउने छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई एक्ल्याउने योजना छन । विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समूहले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ। स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको बताइएको छ । ओली समूहको यो प्रस्तावबारे प्रचण्डले जवाफ नदिएको बताइएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आफू प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न भनेको छ। जारी स्थायी कमिटीमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।