Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षण मुद्रण जिटुजीबाट खरिद हुने

काठमाडौं । सरकारले नोटदेखि पासपोर्टसम्म स्वदेशमै छाप्नका लागि आवश्यक सुरक्षण मुद्रण उपकरणहरु सरकार–सरकारबीचको समझदारीमा (जिटुजी)बाट खरिद गर्ने निर्णय गरेको छ । निजी कम्पनीसँग खरिद गर्दा मूल्यदेखि गोपनीयतासम्मको प्रश्न उठ्ने भएकाले जर्मनी वा फ्रान्समध्ये एउटा देशको सरकारसँग सम्झौता गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले सुरक्षण मुद्रणसम्बन्धी उपकरणहरु खरिद गर्ने सम्बन्धमा फ्रान्स र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये उपयुक्त प्रस्ताव स्वीकृत गर्ने जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ । सार्वजनिक खरिद नियमावली बमोजिम जिटुजी बिधिबाटै खरिद गरिने मन्त्री गोकुल बास्कोटाले बताएका छन् ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल