Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चाडपर्वका बेला सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । बिहीबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।
उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोहीअनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिए । गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिएका छन् ।
बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल