Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारको घट्यो कारोबार

२२ माघ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १४.०८ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से २७१५ अंकमा झरेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडमा सीमित भयो ।

७१ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो भने ९ को स्थिर रह्यो । हाइड्रोपावर र अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ र अन्य समूह ०.४३ प्रतिशत बढे ।

विकास बैंक सबैभन्दा धेरै २.६ प्रतिशत घट्यो । बैंकिङ ०.५७, फाइनान्स १.७०, होटल तथा पर्यटन १.७९, लगानी ०.५०, जीवन बीमा ०.२४, उत्पादन १.१३, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.५७ र व्यापार ०.५२ प्रतिशत घटे ।

जोशी हाइड्रोपावरको १० प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको ८.३०, मध्यभोटेकोशीको ८.२५, न्यादी हाइड्रोपावरको ८.१९, उपकार लघुवित्तको ८.१२, कालिका पावरको ८.०५, हिमालय ऊर्जा विकासको ६.३७, खानीखोला हाइड्रोपावरको ५.५३ प्रतिशत मूल्य बढ्यो ।

४ कम्पनीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट, सिन्धु र सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । तीबाहेक घट्ने कम्पनीको गिरावट दर ५ प्रतिशतभन्दा न्यून रह्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, हिमालय ऊर्जा विकास कम्पनी, हिमालयन रिइन्स्योरेन्स र पिपुल्स हाइड्रोपावर क्रमशः अगाडि रहे ।