Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज दोस्रो दिन लगातार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार १२.१० अंकले बढेको हो । ०.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९१८.१० अंकमा पुगेको छ ।
आज २५८ कम्पनीका ४० लाख ७७ हजार ७ सय ७८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८ सय ७८.३१ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन सुपरमाई हाइड्रो, सिर्जनशील लघुवित्त र एशियन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी आज तेह्रथुम पावरका लगानीकर्ताले सबैभन्दा बढी ३.१७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज आइएमई जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड १५ लाख १३ हजार २ सय ५३.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २६.८७ अंकले बजार घट्दा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१ रुपियाँ र हिजो सोमबार १७.७० अंकले बजार घट्दा १ अर्ब ३८ करोड २७ लाख ६७ हजार ९ सय ९१.८४ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल