Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा २६.४८ अंकको गिरावट, अर्बमै समेटियो कारोबार

काठमाडौं । शेयर बजार लगातार घटिरहेका छ । साताको पहिलो दिन झिनो सुधार देखिएको बजार त्यसपछि लगातार ओरालो लागिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २६.४८ अंकले घटेको हो । १.३३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६९.०१ अंकमा ओर्लिएको छ ।
आज २५६ कम्पनीको ३६ लाख ५७ हजार १ सय ५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ६३ लाख ३३ हजार ९ सय ६४.७० रुपियाँ बराबरको कारोबार भएको हो ।
नेप्सेका अनुसार आज बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.२९ प्रतिशतले नाफा कमाउँदा ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ३४ कम्पनीबाहेक अरुको शेयर मूल्य घटेको छ ।
हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड १२ लाख ८६ हजार ८ सय ५४।४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ४.५५ अंकले बजार बढ्दा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ६.१३ रुपियाँ, सोमबार ३.६५ अंकले बजार घट्दा १ अर्ब ७९ करोड ३७ लाख ३६ हजार ३ सय ६५.८४ रुपियाँ, मंगलबार ३.६१ अंकले बजार घट्दा १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५ सय १५.७५ रुपियाँ र हिजो बुधबार २४.४४ अंकले बजार घट्दा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार ४ सय २४.६३ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल