Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बेचेर एनआईसी एशिया बैंकका संस्थापक बाहिरीदैँ

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ ।
बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको छ ।
बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआइएमबि क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।


सम्बन्धित समाचार