Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेल्फीले लियो मोडलको ज्यान

केहि राम्रो सिन भेटियोकी मान्छेहरु सेल्फी लिन थालिहाल्छन् । कतिको त सेल्फीको लत समेत लागिसकेको हुन्छ । सेल्फी लिनेक्रममा धेरैको ज्यान गएको सुनिन्छ । यहि सेल्फीबाट एक मोडलले समेत आफ्नो ज्यान गुमाएकी छन् । हङकङकी चर्चित मोडल सोफिया चेउङ सेल्फी लिनेक्रममा निधन भएको छ । ३२ वर्षीया सोफियाले सामाजिक सञ्जाल अभियन्ताले आफ्नो फ्यानलाई प्रभावित गर्नका लागि अग्लो स्थानमा गएर सेल्फी लिँदा लडेर ज्यान गुमाएकी छन् । दैनिक जागरणकाका अनुसार सोफिया गत साताको शनिबार आफ्नो साथीहरुसँग हङकङको हा पाक लई नेचर पार्क घुम्न गएकी थिइन । घुम्नेक्रममा उनी पाइनएप्पल माउण्टेनमा चढेर सेल्फी लिन खोज्दा खोज्दै लडेकी थिइन् । सेल्फी लिनेक्रममा लडेर गम्भीर घाइते भएकी सोफियालाई नजिकको अस्पताल पुर्याइएका थियो । अस्पताल पुर्याउदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल