Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सोल्टी होटल धरासायी बन्दै

काठमाडौं । देशमा राजाको हालीमुहाली हुँदा राजपरिवारको मान प्रतिष्ठा मात्रै होइन व्यापार धन्दा पनि राम्रै चलेको थियो । उनीहरूलाई कहीं कतै बाधा व्यवधान हुँदैनथ्यो भने करले प्रश्न उठाउने हिम्मत पनि गर्दैनथ्यो । मन्दिरका गजुर झिक्नु र बहुमूल्य सामग्रीहरूको तस्करी गर्नु त राजपरिवारको पेशा नै बनेको थियो । त्यही राजपरिवारसँग जोडिएर मामा चेला र ससुराली खलकका राणाहरू पनि निकै चम्केका थिए । समय बित्नै गयो, आफ्नै कारण राजतन्त्र समाप्त भयो । यतिखेर राजपरिवारले चलाएका व्यवसायहरूमाथि पनि माफिया तथा तस्करहरूको आक्रमण शुरु हुन थालेको छ । कुनै बेला राजपरिवारको रेखदेखमा चलेको नेपालको पाँचतारे सोल्टी होटल अहिले धरासायी बन्दै गएको छ । पर्यटन उद्योगको क्षेत्रमा होस् वा होटलकै क्षेत्रमा किन नहोस् राजपरिवारको चहलपहल भएको बेला यो होटलको आफ्नै महत्व र विशेषता थियो । इतिहासले सोल्टी होटललाई नेपालका तारे होटलहरूको पिता माने पनि यतिखेर मानार्थ अध्यक्ष प्रभाकर समशेरको निधनपछि कार्यवाहक मानार्थ अध्यक्ष बनेका दिनेश विष्टहरूको दैनिकीप्रति शंका बढेर गएको छ ।

प्रभाकर पुत्र सिद्धार्थ राणा भने टाटाका गाडी झिकाएर बेच्ने तथा सूर्य टोबाकोको व्यापार चम्काउनमै व्यस्त छन् । उनले नरुचाएको भए सुदर्शन चापागाईं जस्ता तारे होटल क्षेत्रमा मजदूरको शोषण गरेर बदनाम भएका चरित्रहरू सोल्टी होटलमा प्रवेश पाउने थिएनन् । प्रभाकरको निधनपछि कार्यवाहक अध्यक्ष पाएका दंगेली विष्टको हातबाट सोल्टी होटल जान्छ भन्ने कुरा अन्नपूर्ण होटलमा दाग लागेर प्रवेश गरेका सुदर्शन चापागाईको लोभी प्रवृत्तिले शंका उब्जाएको छ । मानार्थ अध्यक्षले चासो नदिएको हो वा भारतीय डिजाइनमा सोल्टी प्रवेश गरेका उपाध्यक्ष सुदर्शन चापागाईको षड्यन्त्र हो छानविनको विषय बन्नु पर्ने सोल्टी होटलप्रति माया गर्नेहरूको आवाज निस्किँदैछ ।

चापागाई सोल्टी छिरेपछि राजा महाराजाहरूले भर्ना गरेका पुराना कर्मचारीहरू धमाधम हटाइएको छ । पुराना भएका नाताले अनुभवका आधारमा उनीहरूको मासिक तलब बढी होला तर नयाँ प्रवेशीहरूले होटलको प्रतिष्ठालाई कायाम राख्छन् भन्ने विश्वास गर्न सकिने वातावरण त्यहाँ अहिले छैन । आफूले होटल व्यवस्थापन सुधार गरेको देखाउन यी चापागाईले होटलको वित्तीय, अपरेशन र प्रशासन एक्लै कब्जा गरेका छन् । थपनाका कार्यवाहक अध्यक्ष दिनेश विष्ट र उनको चलाखीले यो मेलोमेसो भएको कर्मचारीहरूको दाबी छ । पुराना कर्मचारी हटाउँदै नयाँ राखेपछि विस्तारै होटल कब्जा गर्ने दाउमा सुदर्शन रहेका छन् । देख्दाखेरी व्यवस्थापकीय सुधार गरेको देखिए पनि होटलको इतिहासमाथि दाग लगाउने काम यिनैबाट शुरु भएको छ । ठूलाबडाले भोजभतेर गरेको उधारो रकम उठाउने प्रक्रियामा चापागाई लागेका छन् । देख्दा होटलका निम्ति यो वित्तिय सुधारलाई नकारात्मक भन्न सकिँदैन ।

तर, बोर्ड सदस्यहरू राजेशकाजी श्रेष्ठ, निरञ्जन टिबडेवाला, रविभक्त श्रेष्ठ, सशिराज पाण्डेहरूको नजर यहाँ परेको छ कि छैन ? किनकि पूर्व राजा ज्ञानेन्द्र शाहको लगानीमा रहेको यो होटल हिजो ज्ञानेन्द्रकै माहिला बाबु हिमालय विक्रम शाहद्वारा स्थापित गरिएको तारे होटलको इतिहासमा लेखिएको छ । छाडापनले कुनै पनि संस्थाको सुधार गर्दैन । अध्यक्षले साथ नदिई उपाध्यक्षले मात्र कर्मचारी घोक्य्राउने र भिœयाउने गर्न सक्दैन । सोल्टी होटलको बोर्ड सदस्य बन्न दरबारकै विश्वासपात्र हुनुपर्छ भन्ने कुरा बोर्ड सदस्यहरू राजेशकाजी श्रेष्ठ, रविभक्त श्रेष्ठ, शशिराज पाण्डे, निरञ्जन टिबडेवालको संलग्नताले पुष्टि गर्दछ ।

मौकाअनुसार काँचुली फेर्न सफल राजेशकाजी र रविभक्तलाई तत्कालिन राजा ज्ञानेन्द्रले मन्त्री समेत बनाएका थिए । ज्ञानेन्द्रको पहुँचका कारण जनयुद्धको समयमा चाइनिज पेस्तोलको व्यापार गर्ने राजेशकाजी श्रेष्ठ कारबाहीबाट बचेको आम जनतालाई थाहा छ । त्यतिखेर राजेशसँग एमालेका केशव स्थापितको पनि संलग्नता रहेको थियो । ज्ञानेन्द्रले आफ्ना विश्वासभक्तहरूलाई सोल्टी होटलको बोर्डमा पठाए पनि भारतीय डिजाइनमा अन्नपूर्ण होटलबाट सोल्टी होटल प्रवेश गरेका सुदर्शनले अबका दिनमा मजदूर तथा कर्मचारीहरूमाथि कति अत्याचार गर्छन् त्यसको खोजीनीति ताजाखबरले गरिरहेको छ ।