Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई बिदा बस्न मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने

काठमाडौं । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीले पूर्व स्वीकृति लिएर मात्रै बिदामा बस्नुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै मन्त्रालयबाट बिदा स्वीकृत गराएर मात्रै बिदा बस्न निर्देशन दिएको हो । मन्त्रालयले जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिना जानकारी बिदामा बस्दा सेवा प्रवाहमा समस्या देखिएको गुनासो आएपछि यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव रुद्रसिंह तामाङले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार स्थानीय तहका प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी बिना जानकारी कार्यक्षेत्र छोडेर हिँड्दा सेवा प्रवाहमा असर परेको गुनासो मन्त्रालयमा आएको छ । मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै अबदेखि मन्त्रालयको पूर्व स्वीकृति बिना जिल्ला र कार्यक्षेत्र नछाड्न भनेको हो ।


सम्बन्धित समाचार