Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्थायी समितिमा धारणा राखेर प्रधानमन्त्री फुत्त

काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ। जारी बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा छलफल भइरहेको छ। साढे ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइ राखेर बैठकबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो धारणा राखेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठकको अध्यक्षता गर्न लगाएर आफू बाहिरिएका हुन्।

बैठकको अध्यक्षता प्रचण्डले गरेपछि दुई अध्यक्षबीच अधिकार बाँडफाँडमा सहमति भएको अनुमान गरिएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक रामकृष्ण बजयाईँले प्रधानमन्त्रीले बैठकमा आफ्नो धारणा राखेर निस्किएको बताए। प्रधानमन्त्रीको अन्य काममा समय दिनुपर्ने भएकाले बैठकबाट निस्किएका उनको भनाइ थियो। पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्री ओलीले सरकार संचालन गर्ने र अध्यक्ष प्रचण्डले पार्टी चलाउनु पर्ने सुझाव दिएको थियो। सोही सुझाव अनुसार बैठकको अध्यक्षता प्रचण्डले गरेको बताइएको छ। स्थायी कमिटी बैठकमा १५ वटा एजेण्डामाथि छलफल भइरहेको छ। स्थायी कमिटी बैठक आजै सक्ने तयारी भइरहेको छ।