Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने निर्णय गरेका हुन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका छन् । त्यसैगरी बुधबार नै स्वास्थ्यकर्मीहरुको जस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको पनि माग पूरा भएको छ । इन्जिनियरहरूले पाउनुपर्ने भत्ता रकमवापत अर्थमन्त्रालयले बुधबार ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा गरेको छ । सरकारले फ्रन्टलाइनमा खटिने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सकेको छैन । बीर अस्पतालमा फ्रन्टलाईमा खटिने स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको एक बर्षदेखि गुनासो गर्दै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ताको व्यवस्था गरे पनि वीर अस्पतालले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरुले नपाएको गुनासो गरेका छन् । बीर अस्पतालको कोभिड वार्डमा कार्यररत नर्स निर्मला शर्माले जोखिम भत्ताको नाममा हालसम्म ९ हजार रुपैयाँ प्राप्त गरेको सुनाइन । कोभिड वार्डमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता ४ हजारदेखि ९ हजार रुपैयाँ उपलब्ध गराएको उनको भनाइ छ । यस्तै फ्रन्लाइनमा खटिएर जोखिमभत्ता नपाउने बीर अस्पतालका स्वास्थ्यकर्मी मात्रै नभएर पाटन, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुले समेत बेलाबेलामा जोखिम भत्ताको माग गर्दै आइरहेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल