Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। मंगलबार निगम संचालक समितिको बैठकले हवाई इन्धनको मूल्य प्रति लिटर २६ रुपैयाँसम्मले घटाउने निर्णय गरेको हो।
निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य १० रुपैयाँ घटेको छ। अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १५० कायम भएको निगमले जानकारी दिएको छ।
यसैगरी, बाह्य तर्फको हवाई इन्धनमा प्रतिलिटर २६ रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ। यसको प्रतिलिटर १७७ रुपैयाँ थियो। अब १५१.११ रुपैयाँ कायम भएको छ।
निगमले प्रति किलोलिटर २०० अमेरिकी डलर घटाएको छ। यसअघिको मूल्य १३५० डलर थियो। अब घटेर ११५० डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ।
हवाई इन्धनको मूल्यमा सरकारले लिटरमै ७३ रुपैयाँ नाफा राखेर हवाई इन्धन खुलमखुला बेचिरहेको भन्दै चौतर्फ दबाब आएपछि निगमले हवाई इन्धनमा मूल्य समायोजन गरेको हो।
यसरी निगमले हवाई इन्धनमा धेरै नाफा राख्दा दुई वर्षअघि काठमाडौं(पोखरा न्यूनतम भाडा १८०० रुपैयाँ थियो, अहिले ३५०० रुपैयाँ छ। यस्तै काठमाडौं विराटनगर न्यूनतम भाडा २८०० रुपैयाँ थियो। तर, अहिले उक्त रुटको भाडा न्यूनतम ४५०० रुपैयाँ छ।
यसले हवाई भाडामा प्रत्यक्ष असर गर्ने भएकाले निगमले यसरी लिटरमा यति धेरै नाफा राखेर हवाई भाडा बढाउन सहयोग पुर्याएको आरोप समेत लाग्दै आएको थियो। अब भने निगमले मूल्य घटाएसँगै हवाई भाडा समेत घट्ने भएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल