Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘हाम्रो नेपाल हामी नेपाली’ व्दारा एमसिसि बिरुध्द प्रदर्शन

कठमाडौं  । ‘हाम्रो नेपाल हामी नेपाली’ नामक संस्थाको केन्द्रिय युवा बिभागद्वारा आज बिहीवार नयाँ बानेश्वरमा राष्ट्रघाती एमसिसि विरुद्ध बृहत बिरोध कार्यक्रम गरेको छ । मैतिघर मण्डला देखि तिनकुनेसम्म एमसिसि बिरुध्द नाराबानी अझै पनि चलिरहेको छ । ‘हाम्रो नेपाल हामी नेपाली’ संस्थाका केन्द्रिय युवा संगठनका प्रमुख राजकुमार महर्जनले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित बनाउन आग्रह गरेको छ । उहाँले विरोध प्रदर्शन गर्दा बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार एवं सम्बद्ध निकायलाई आग्रह गरिएको छ । उहाँले ‘आफ्नो विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, सर्वसाधारण व्यक्तिका सम्पत्ति र भौतिक संरचनाहरुमा क्षति नपु¥याउन, विरोध प्रदर्शन गर्दा संयमित हुन तथा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको उपभोगमा अवरोध नपु¥याउन ‘हाम्रो नेपाल हामी नेपाली’ विरोध प्रदर्शनमा उत्रिएका राजनीतिक दल, राजनीतिक दलका भातृ सङ्गठन तथा सर्वसाधारणलाई आग्रह गर्दछु ।’ भन्नु भयो ।