Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जनगणनामा ८२% हिन्दू छन् । तर कहाँ छन् ? जनगणनाको फारममा मात्रै । प्रश्न काँग्रेस, एमाले, माओवादीको मात्रै होइन । किनभने अहिले राप्रपा, काँग्रेस, इस्कोन, एमाले, साइबाबा, हरेराम हरेकृष्ण, ब्रह्ममकुमारी राजयोग यी सबै कृप्टो हुन् । हिन्दू अभियन्ताका नाममा अहिले ठूल्ठूला कुरा गर्नेहरू कृप्टोनै हुन् । यिनिहरूको नाडी हामीले राम्रोसँग छामिसकेका छौं । अधिकान्स पश्चिमाका अनुचरहरू विशेषत चीन बिरोधि अमेरिका परस्त छन् । र, उनीहरूको मिशन धार्मिक जनमतको आवरणमा कोटपर्वमार्फत् स्थापित इन्डो पश्चिमा सत्तालाई बलियो पार्नु हो । किनभने शुरुमा बाइबल र माओवाद पुस्तक प्रकाशन हुँदा काँग्रेस, एमाले, राप्रपा भन्ने नाममा खोलिएका कुनै पनि पसलेले राख्न समेत मानेनन् । अपवाद प्रगति पुस्तक सदन बागबजार, भिजन बुक्स र रत्नपुस्तक भण्डार बागबजार यी तिनवटाले मात्रै सहयोग गरेका थिए । जबकि रत्नपुस्तक बाहेक दुबैजना बामपंथी हुनुहुन्छ । भन्दा कम्युनिस्टले धर्म मान्दैन भन्ने तर सबैभन्दा अधर्मी दरबारिया र र काँग्रेस हुन् । यिनिहरू जस्तो पाखण्डी पना अरु छैन ।
धर्म धारण गर्ने हो धर्मधारण गर्ने हिन्दू नेपालमा अति कम छन् । इसाई बनेकाहरू त भाते हुन्, ती त धार्मिक हुँदै होइनन् । अधिकांश इसाई बन्नेहरू विदेश जाने लोभमा, राम्रा राम्रा तरुनीहरूसँग हिँड्ने लोभमा, पैसाको लोभमा, विभिन्न प्रलोभनमा परेकाहरू हुन् । यिनीहरूसँग धर्मको ‘ध’ पनि पाउन सकिँदैन । बरु मुस्लिमहरू आफ्नो मतमा इमान्दार छन् । इसाई र हिन्दू आवरणमा कृस्मसमा शुभकामना साटने क्रिप्टो जस्ता पाखण्डी मुस्लिमहरू छैनन् । सबैभन्दा खतरनाक बाहुनहरू छन् । समस्या जनजाती र शिल्पिहरूमा छैन । तर बाहिर देखाउँदा जनजाति, दलित र आदिवासीहरूलाई देखाउने गरिन्छ । चर्चका ९८ प्रतिशत पास्टरहरू बिग्रेका बाहुनहरू छन् । र, सबैभन्दा बढी जातीय भेदभाव चर्चभित्र छ । प्रहरीका गुप्तचरहरू बरु अलि देशभक्त छन तर सेनाका जासुसहरू पुरै अपराधी कृप्टो छन् । बौद्धहरू त नेपालमा छँदै छैनन् । किनभने जनगणनामा घटेको बौद्ध जनमतको बारेमा कोहि बोल्दैनन् । गुम्बाहरू सिआइएका अखाडा बनेका छन्, दलाई लामाको कृप्टो बौद्धलाई बौद्ध धर्मावलम्बी भन्नु र इस्कोन साइबाबा, कृष्णप्रणामि, राधे राधे, राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईलाई हिन्दू भन्नु उस्तै हो । यो मेरो भूगोलको अनुभव हो । त्रिभुवन विश्वविद्यालय एसियाली अनुसन्धान केन्द्र सिनासका प्राध्यापक पेशलजि र मलाई बाइबल माओवाद पुस्तक संयुक्त आउँन नदिन सबैभन्दा धेरै बाहुन गुप्तचरहरू लागे लेख्दा तिनीहरूले जनगणनामा हिन्दूनै लेखेका छन् । यसकारण तपाईं हाम्रो घर, डेरानै मन्दिर हो । आ–आफ्नो घर परिवार समाजमा आफैंबाट जागरणको सुरुवात गर्नुस् । हाम्रो जग त्यति कमजोर छैन । योगि नरहरिनाथको जासुसी गर्ने एजेन्ट नरहरिनाथको नाममा देखिन्छन् । नरहरिनाथ बुटि भन्दै चर्को अभियन्ता बनिरहेका छन् । चर्च मण्डलिको अध्यक्ष हिन्दूअधिराज्यको अभियन्ता बनेका छन् । जबकि उनैले पटक पटक विभिन्न अन्तर्वार्ताहरूमार्फत् कथित माओवादी हिंसालाई सहयोग गर्न युरोपियन चर्चहरूबाट आफूले १४ अर्ब सहयोग ल्याएको भनेर आफैंले खुलासा गरेका छन् ।
होलिवाइन खानेहरूलाई रुद्राक्षको मालामा पनि देखियो । १७ हजारका हत्याराले रुद्राक्ष होम गरेको पनि देखियो । अब वैदिक सनातनी हिन्दू होस बौद्ध या किराँत धर्मको अन्तर्राष्ट्रिय नेतृत्व चिनले गर्दैछ । किनभने चीन कन्फ्युसियस र ताओ धर्म बोकेर आइसक्यो ताओ मत्स्येन्द्रनाथसँग जोडिन्छ । काला अंग्रेजको दलाल आरएसएस र भाजपा जस्तो कृप्टो हिन्दूबाट हिन्दू, बौद्ध, किराँत धर्म संस्कृतिको रक्षा हुनेवाला छैन । हाम्रो बिजय निश्चित छ । आआफ्नो स्थानबाट कृप्टो हिन्दू, बौद्ध आवरणमा आएका छद्वमहरूको भण्डाफोर गरौं । भाते इसाई त्यसै परास्त हुन्छन् । इसाई मिसनरिको नसो कृप्टोसँग जोडिएको छ । क्रिप्टोहरूबाट इसाईको नसो चुडिनेबित्तिकै यिनीहरू समाप्त हुन जान्छन् । यसकारण हाम्रो मुल लडाइँ अब नेपाल र भारतका क्रिप्टो हिन्दूहरूसँग हो । तिनीहरू बाहिर देखिँदा हिन्दू जस्तै देखिन्छन् । तर ती साधुको रुपमा सीता हरण गर्न आउने रावण जस्तै हुन् । सनातनीहरू सावधान ।
बाबुरामले हत्या गर्न लागेका सहपाठी
डा. बाबुराम भट्टराई, उपेन्द्र देवकोटाका सहपाठी कृष्णप्रसाद पोख्रेललाई माओवादीले २०५७ मङ्सिर ११ गते हत्या गर्ने प्रयत्न गरे तर उहाँ बाच्न सफल हुनुभयो । २०७४ सालमा बाबुरामले फोन गर्दा उहाँले भन्नुभएछ– तिम्रो योजना सफल भएको भए आज मेरो १७औं स्मृति हुने थियो । तत्पश्चात् बाबुराम भट्टराईनामक अपराधीको फोन राखिदिनुभएछ । त्यहीं बाबुराम भट्टराईलाई अहिले त्रिभुवन बिश्वविद्यालयको भिसीको चर्चा चलाएका छन् । त्रिभुवन बिश्वबिधालय हो कि भ्याटिकनको पोप बिश्वविद्यालय ? हुनत अहिले त्रिभुवन बिश्वविद्यालयका प्राध्यापक र बुद्धिजीवीको स्तर हेर्ने हो भने गुरुकुलमा पढ्ने ५ क्लासका विद्यार्थीको जति पनि छैन । सेनाले पनि बाबुराम भट्टराईबाट क्लास दिलाउने यता पनि उनकै चर्चा चलाउनुले यो देशमा कथित इसाई माओवादी आतंकवाद त देखाउने दात मात्रै हो । यो शिक्षा सिल्ली उत्पादन गर्ने शिक्षा हो भनेर योगि नरहरिनाथले म जन्मनु भन्दा पहिल्यै २०२८ सालमा भन्नुभएको थियोे । यो त सिल्लि मात्रै होइन जनहत्यारालाई अगाडि लगाएर अपराधी उत्पादन गर्ने शिक्षा जस्तो देखिन्छ । माइतीघरमा पश्चिमा एनजीओ मिसनमा देखिने सन्जिव उप्रेती, बाइबलको कपि गरेको बिपिको साहित्यलाई सान्दाजुको महाभारत देख्ने अभि सुवेदी, कृष्ण खनाल, लोकराज बराल, चैतन्य मिश्र जस्ता प्राध्यापक र बाबुराम जस्ता अपराधीमा खासै भिन्नता छैन रुपमात्रै फरक हो । पृथ्वीनारायण शाहलाई चिन्दिन भन्ने बाबुराम भट्टराईलाई पृथ्वीनारायण शाहले स्थापना गरेको सेनाले के को आधारमा क्लाश दिन बोलाउँछ ? हुन त डोल्पाको दुनै सदरमुकाम माओवादीले आक्रमण गर्दा सेनाको भुमिका के थियोे ? तत्कालीन गृहमन्त्री गोबिन्दराज जोशिलेनै त्यतिबेलै सार्बजनिक गरिदिइसक्नु भएको छ ।
मैले माओवादी हिसामा लडेका कयौं मेरा प्रहरी अधिकृत साथीहरू छन । उनीहरूको अनुभव माओवादीलाई पछयाउदै गयो सेनाको ब्यारेक भित्र जान्छन् । हामी हेरेको हे¥यै । यसैको निरन्तरताहो बाबुराम भट्टराईले दिएको सेनाको क्लास र त्रिभुवन बिश्वबिधालयमा भिसिको चर्चा । बाबुरामकै अनुचर एउटा गोर्खाको माओवादी हिंसामा सामेल देवकोटा थरको केटोले आर्मीको स्कुलमा पढाउँछ । महेन्द्र विरुद्ध, राजतन्त्र विरुद्ध कान्तिपुर, सेतोपाटीमा बेला बेलामा लेख लेख्छ । कुरो आफंै बुझनुस । त्यस्तो अपराधीबाट शिक्षालिने सैनिक स्कुलमा पढ्ने विद्यार्थी कस्ता होलान् । यहाँ लडाइँ गणतन्त्र र राजतन्त्रको होईन इन्डो÷पश्चिमाको हेडक्वाटरमा हो । राजतन्त्र, हिन्दूराष्ट्र आदि फगत एउटै केन्द्रले चलाएका अनुचरहरूको भिडमात्रै हो । हेडक्वाटरमै बैचारिक बम बर्साउ । पुरानो कुरा कति यादछ सुरुमा बाबुरामलाई राष्ट्रबादकै आवरणमा अगाडि ल्याएका थिए । त्यतिबेलाको देउवालाई बुझाएको ४० वटा बुँदा हेर्नुस् । अहिले बाबुरामको नयाँ आवरणमा आरएसएसका अनुचरहरू हिन्दूको आवरणमा र बाबुरामले क्लादिने सैनिककेन्द्रका अनुचरहरू राष्ट्रबादको आवरणमा देखिएका छन् । साधारण शुभचिन्तक र समर्थक त्यसैमा रनभुल्ल छन् । हृदयन्द्र राजा र साँस्कृतिक राजा भन्नेहरू बाबुराम भट्टराईकै अर्को आवरणमा चलाइएका इन्डो÷पश्चिमा अनुचरहरू हुन् ।
पहिचानको आवरणमा जातिबादी उग्रवाद चलाउनेहरू बाबुराम भट्टराईकै अर्को रुप हुन् । पूर्बमा जातिबादी आतंकवाद चलाउने गोपाल किराँतिले कर्णाली मुक्तिमोर्चाको नाममा बिखण्डनबादी अभियान चलाउने प्रेम कैदी प्रधानमन्त्री भए सबै समस्या हलहुन्छ भनेर राजाको शासनकालमा दरबारमा निवेदन दिएका थिए । हिन्दू, राष्ट्रबादको आवरणमा देखिने यस्ता पात्रहरू बाबुराम भट्टराईकै अर्को रुप हुन् । दिपेन्द्रलाई दरबारहत्याकाण्डको नायक बनाएर पुस्तक लेख्ने सैनिक जनरल, पत्रकार अन्तरबार्ता दिनेहरू बाबुराम भट्टराईकै अर्को रुप हुन् । १६ बर्ष पूर्ब दरबार छोडिसकेका राजा ज्ञानेन्द्र र युवराज पारस देखाए खेल्ने र अस्तित्व धान्ने तिमीहरूका दिनहरू सामाप्त भए । अब सचिदैनौ भने विघटन हुन तयार भएर बस । तिमीहरूको षड्यन्त्र अब चल्नेवाला छैन । हामी पनि तिमीहरूको षड्यन्त्र एक एक नियालेर हेरिरहेका छौं । जो जससङ्ग सम्बन्धितछ । सबैलाई चेतना भया ।
आफ्नै अनुभव
मेरा शुभचिन्तक र बिचारसँग सहमत÷असहमतहरू सबैलाई । तपाईं किन उस्तै मिल्ने एजेन्डाको आन्दोलनमा देखिनु हुन्न ? सडकमा नआइ केहि हुदैन । यो ब्यवस्था फाल्नै पर्छ । म किन नआएको तपाईंहरूको जिज्ञासा ।
१) एकजना पाका रापसमा राजा महेन्द्र, बिरेन्द्रबाट मनोनीत ब्यक्ति, भगवन्तनाथको पुस्तक लेख्ने क्रममा केहि सामाग्री छन् कि भनेर गएँ । उनले भने त्यो पुस्तक नलेख । मैले भने सिद्ध भगवन्तनाथको सुझाव बिना किर्तिपुर युद्ध पृथ्वीनारायण शाहले जित्ने थिएनन् । चुप लागे अनि मलाई तेरो अन्तरबार्ता हेरे दरबार हत्याकाण्ड तैले भनेजस्तो होईन दिपेन्द्रलेनै गरेको हो । बाहिर देख्दा उग्र राजा र राष्ट्रबादको कुरा गर्ने यस्तै मानिस अहिले अगाडिछन जसको नसो रअसँग जोडिएको छ ।
२) अर्का एकजनासँग खप्तडबाबाको जिबनी लेख्ने क्रममा गएँ । ए नलेख्नुस् यस्ताको भने । उनको आवरण राष्ट्रवाद छ । पत्रिका छ, पछि थाहा भयो उनी राष्ट्रिय अनुसन्धान विभागमा एसपि भैसकेका रहेछन् । माओवादी हिंसामा लाग्ने एउटा माओवादीका घगडान बुद्धिजीवी उनको पत्रिकाको संस्थापक प्रधानसम्पादक रहेछ । ऊ पनि राष्ट्रिय अनुसन्धान विभागको डिएसपी भइसकेको रहेछ ।
३) अर्को एकजना थिए बाहिर योगि नरहरिनाथको नाम लिने तर उनित योगिज्यु कै जासुसी गर्न दरबार, रअ, र कृश्चियनले खटाएका सि आइ डि रहेछ । उनी सिआइडी हुन भनेर योगि नरहरिनाथले नामै किटेर पशुपति सेना नेपाल नामक पर्चामा बितरण गर्नुभएको पर्चानै हात लाग्यो ।
४) बाइबल र माओवादको दोस्रो संस्करणमा वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाले भुमिका लेख्नु भयो त्यो देखेपछि दरबारका सचिवले मानिस पठाएर किन लेख्नु भएको लेख्न हुन्नथ्यो भनेको तितो यथार्थ मलाई सुनाउनु भएको थियोे ।
५) एउटा प्रकाशकले पुस्तक छाप्नन खोज्यो २ बर्ष लागाएर लेखहरू, डकुमेन्ट जम्मा गरे बिज्ञहरूलाई लेख्न आग्रह गरे । पुस्तक तयार भयो अब प्रकाशन होला भनेको त एकदिन गोर्खा एक्सप्रेसका सम्पादक राजन कार्कीले त्यो पुस्तकमा बुद्धिनारायण श्रेष्ठ लगायत एकजना सैनिक जनरल र अर्को एकजनाको राखौ खर्च म जुटाला भने । मैले भने ती त रअसँग जोडिएका पश्चिमा एजेन्ट हुन्, हुदैन भनें । त्यो प्रकाशन सस्थाले पुस्तक छापेन । पछि थाहा भयो पुस्तक सैनिक हेडक्वाटरसम्म पुगेको रहेको छ । टाइप गर्ने भाइलाई भने यस्तो यस्तो भयो यिनले छाप्दैनन् अलमल्याउने मात्रै हो भनेपछि उनले सामाग्री दिए । अब आउने २ वटा पुस्तक त्यहीँ सामाग्री हो । कुरा गर्दा देख्दा ती बाहिर एकदम राष्ट्रबादी ।
६) राजन कार्कीकै गोर्खा एक्स्प्रेसमा लेख्ने एउटा आवरण पत्रकार असली अमेरिकी केन्द्रको सेनाको जासुस । लामै संगत भएको व्यक्ति । उसले अकस्मात योगि नरहरिनाथ इन्डियन दलाल, रायमाझी रुसको दलाल तिनैको दलाल त होस् भनेर म्यासेनजरमा पठायो । ऊ बाहिर देख्दा एकदम राजाबादी राष्ट्रबादी ।
७) एउटा देख्दा चिनियाँ आवरणमा देखिने काम सिआइएको गर्ने, प्रतीक प्रधान काठमाडौ पोस्टको सम्पादक हुँदा बाबुरामकै शैलीमा ज्ञानेन्द्र विरुद्ध लेख लेख्यो, आखिर ऊ अमेरिकनको रहेछ । आवरण चिनियाँ अहिले आएर खुल्यो । अर्को एउटा देख्दा चिनियाँ आवरणको तर ऊ त भारतको शिवसेना नेपालसँग जोडिएको रहेछ । बाहिर उग्र राष्ट्रवादी । यो मेरो संगत गरेर जानकारीमा आएको भूगोलको अनुभव हो । देखिने सुनिने र संत गरेर नजिकबाट बुझ्नु फरक हो । लडाइँ सख्या र भिडको होईन, एजेन्डाको हो । एजेन्डाको लडाइँ निरन्तर जारी छ ।
८) मेरा आफ्नै अनुभव छन् । जिवनको अन्तिम समयमा प्रा. पेशल निरौला र म राजेश्वर देवकोटालाई भेटन गयौं । त्यतिबेला बाइबल माओवादको तेस्रो सस्करण भर्खर प्रकाशित भएको थियोे । मैले भने यो हाम्रो संयुक्त पुस्तक भएको छ । उहाँले खुशी हुँदै अति राम्रो भन्नुभयो । उहाँले भन्नुभएको थियोे मैले जीवन खेर फाले लेख्न नछोडनु होला । त्यो भेटनै हाम्रो अन्तिम भेट थियोे ।
९) मलाई जिबनको अन्त्यमा डा. केशरजङ्ग रायमाझीले आफ्नो कुरा एक्लै भए पनि राख्न नछोडनु । नेपालमा कम्युनिष्टनै छैनन् । यित हामी विरुद्ध देशीविदेशी जासुसी सस्थाले खडागरेका अनुचरहरू हुन् । अहिले छद्वमभेषमा आएकाहरूसँग जोगिनु चुनौतीपूर्ण छ । यसकारण हामी अलग छौ । यसको अर्थ चुपलागेका छैनौ ।
१०) मदन भण्डारी भिडकै नेता थिए । मारिए न्याय पाएनन् ।
११) सुशील कोइराला भिडकै नेता थिए मारिए ।
१२) गिरिजाप्रसाद कोइरालाले अक्सिजन थुतेर आत्महत्या गरे ।
१३) राजा बिरेन्द्र २ वटा सैनिक गणको सुरक्षा घेरामा मारिए ।
१४) गणेशमान सिह काँग्रेस छोडेर ग्लानिसाथ मृत्युवर्ण गरे ।
१५) कृष्णप्रसाद भट्टराईले काँग्रेस छोडेर आत्मग्लानी साथ मृत्युुवरण गर्नु पर्यो ।
१६) एउटा योगि नरहरिनाथको शुभचिन्तक बनेर आयो । होला भनें । माहायोगी गुरु गोरखनाथ र नेपाल पुस्तक तयारी गर्दै थिए । तपाईंसँग यी पुस्तक छन् भने सहयोग गर्नुस् न भनेपछि थाहा भयो उनित मेरो जासुसीको लागी खटाइएका रहेछन् । योगि सिहनाथलाई भनेछन् । महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण पुस्तकमै सूचना पर्याप्त छ किन अर्को लेख्नु पर्यो । अहिलेको जमानामा कसले पढ्छ र । उनी पशुपतिनाथको माथि मृगस्थलिको गोरखनाथ मठमा बस्थे । सायद बृहदआध्यात्मिक परिषदको सचिव पनि भए । सबैलाई चेतना भया ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल