Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हिमालयन बैंकको नाफा साढे दुई अर्ब

काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष ०७५–०७६ को चौथो त्रैमासमा आइपुग्दा २ अर्ब ५४ करोड नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७६ करोड कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गत आर्थिक वर्षमा बैंकको नाफा ८ प्रतिशतले घटी हो । चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको बैंकले रिजर्भमा ८ अर्ब १७ करोड राखेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्यमुनाफा १ अर्ब ३० करोड रहेको छ । बैंकको निक्षेप १४ दशमलव ५१ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९ दशमलव ६६ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ । त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ५ दशमलव ४६ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड पुगेको छ ।
बैंकको खराब कर्जा १ दशमलव ०१ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रति शेयर नेट वर्थ १८७ रुपैयाँ २० पैसा , मूल्य आम्दानी अनुपात १९।९१ गुणा, बेस रेट ८ दशमलव ३८ प्रतिशत रहेको छ ।