Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हुण्डी कारोबारमा संलग्न पक्राउ

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख ४९ हजार ५ सय रुपैयाँ सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारीका २० वर्षीय सोनु कुमार र सोही ठाउँका २० वर्षीय अंकित कुमार रहेका छन् । अवैध हुण्डी कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(१६ स्थित सडकमा भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०५ एबी ६३०२ नम्बर मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् ।
उनीहरु उपर बैंक तथा वित्तीय कारोवार सम्बन्धि ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार