Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हुलहुज्जत गर्ने १६ जना पक्राउ

पर्वत । सार्वजानिक स्थानमा अशान्ति मच्चाउने कार्यमा संलग्न रहेको अभियोगमा १६ जनालाई कुश्मा नगरपालिका-५ यान्त्रिक चोकबाट मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
उक्त चोक नजिक सार्बजनिक स्थानमा दुई समूहका युवाहरुबिच एकआपसमा झै-झगडा तथा कुटपिट भइरहेको र स्थानिय ब्यक्तिहरुलाई आतङकित भई अशान्ति भइरहेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको हो ।
घटनामा संलग्नमध्ये घाईते भएका दुई जनालाई उपचारको लागि पर्वत जिल्ला अस्पतालमा लगिएकोमा सामान्य पश्चात डिस्चार्ज भएका छन् ।  घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।