Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु, रुकुम पूर्वमा ४ जनाको ज्यान गयो

काठमाडौं । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ३ ख ७८५८ नम्बरको यात्रुबाहक बस भीमफेदी गाउँपालिकाको जुरिखेतमा दुर्घटना भएको हो। बस ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन्। भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लग्ने क्रममा मृत्यु भएको बताए। ६ जनाको घटनास्थलमा र उपचारका लागि भीमफेदी स्वास्थ्य चौकी लग्ने क्रममा बाटोमा मृत्यु भएको छ, श्रेष्ठले भने। गम्भीर घाइते ७–८ जनालाई उपचारका लागि हेटौंडा पठाइएको उनले बताएका छन्। जुरिखेतको माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ।
उता, रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका( ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई उपचारका लागि रुकुम पूर्व जिल्ला अस्पताल लगिएको छ ।
उद्दार भइरहेकाले मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेको पनि परिचय नखुलेको डीएसपी डाँगीले बताए । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।