Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१०३ प्रकारका एन्टीबायोटिक खानै नहुने (सूचिसहित)

काठमाडौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टीबायोटिक औषधि प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट सूचिकृत सिफारिस नगरिएका तर, नेपालमा प्रयोग हुँदै आएका एक सय तीन प्रकारका एन्टीबायोटिकको प्रयोग गर्न आग्रह गरेका हुन्। प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि ती औषधिको प्रयोगलाई निरुत्सहित गरिएको विभागले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पनि ती औषधि प्रयोगका लागि सिफारिस गरेको छैन। महानिर्देशक ढकालले एन्टीबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण, पैठारी र प्रयोग नगर्न नगराउन निर्देशन दिएको बताए।

प्रतिबन्ध लगाएका १०३ प्रकारका एन्टीबायोटिक औषधि


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल