Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राजधानी बासीको सफा पानी प्रयोग गर्ने तिस वर्ष अगाडि देखिको सपना अब भने पूरा हुने भएको छ । एसीयाली विकास बैंकको ऋण सहयोगमा शुरु भएको मेलम्ची खानेपानी परियोजनाको कामले निरन्तरता पाएपछि पानी वितरण प्रकृया अगाडि बढ्ने क्रममा छ । काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडको पूरानो समंरचनाबाट मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको छ । लिमिटेडले चुहावट भएका स्थानमा मर्मत गर्ने कामलाई तिव्रता दिइरहेको बताएको छ । महाप्रबन्धक मिलन शाक्यका अनुसार पहिलो चरणमा केयुकेयल अन्तरगतका ट्रिटमेन्ट प्यान्टको सरसफाइ गरिएको छ । मेलम्ची परियोजना अन्तरगतको नयाँ धारा जडान भएका क्षेत्रहरुमा पनि पूरानै पाइपबाट पानी छोडिने तयारी गरिएको छ । केयूकेयल अन्तरगतको आयोजना कार्यन्वयन निर्देशनालयको दोस्रो चरणको काम भने वैशाखबाट शुरु हुने बताइएको छ । सो कामका लागि ठेकदारहरुसँग सम्झौता भइसकेकोले चर्कपथ भित्रको छुटेको खण्ड र चक्रपथ बाहिरको खण्डलाई पूर्णता दिन यो अभियान पूरा गर्नु पर्छ । त्यसका निम्ति निर्माण कम्पनिहरुलाई परिचालन गर्ने काम आयोजना कार्यन्वयन निर्देशनालयबाट भइरहेको बताइन्छ ।
यसै बिच चैत २० गते राष्ट्रियपति विद्या देवी भण्डारी द्वारा भृकुटी मण्डपबाट मेलम्चीबाट वितरीत पानीको सार्वजानीक धारो उत्घाटन गरिदै छ । त्यसका निम्ति आयोजना कार्यलय निर्देशनालयको पहलमा धारो निर्माण कार्य आजबाट शुरु भएको निर्देशनालय स्रोतले बताएको छ । थाँहा भए अनुसार १३ र १४ गते सुन्दरीजल पानी प्रसोधन केन्द्रमा पानी भर्ने र १५ गते उपत्याकामा रहेका ठूला पानी ट्याङ्कीहरुमा जम्मा भएको पानी वितरण गर्ने तयारी गरिएको छ । अहिले सुन्दरीजल, चावहिल, बासबारी, महाराजगन्ज, अनामनगर, जस्ता स्थानमा केयुकेयलको पानी भण्डारण गर्ने व्यवस्था छ । त्यही भण्डारणबाट मेलम्चीको पानी राजधानीका घनबस्ती र सहरहरुमा वितरण गरिने भएको हो । त्यसका निम्ति केयूकेयल काठमाण्डौ उपत्याका खानेपानी व्यवस्थापन बोर्ड र आयोजना कार्यन्वयन निर्देशनालय तयारी अवस्थामा रहेका छन् । राष्ट्रपतिबाट २० गते आधिकारिक रुपमा उत्घाटन हुने भए पनि पानी भने १५ गतेबाट पाइपमा छोडिने भएको छ । यो कार्यक्रमले काठमाण्डौ उपत्याका खानेपानी व्यवस्थापन बोर्डको लगानी र अनुगमनमा निर्माण भएका ठूलठूला बाेरिङ्गहरुको संरक्षण हुन्छ कि हुदैन भन्ने शंका पनि बढेको छ । किनकी नेपालीको प्रवृति शंकटका बेला प्रयोग भएका साधानहरुलाई वेवास्था गर्ने रहेको छ । मेलम्ची परियोजना पूर्ण भएपछि त्यसको संरक्षण र सुरक्षा गर्ने जिम्मा काठमाण्डौ उपत्याका खानेपानी व्यवस्थापन बोर्ड र काठमाण्डौ उपत्याका खानेपानी लिमिटेडको हुनेछ । यी दुवै संस्थाहरु एडिबीको ऋण सहयोग भित्र्याउन स्थापना गरिएका हुन् । खानेपानी महसूल निर्धारण आयोग पनि यहाँ जोडिएको छ ।
विदेशी लगानीमा बनेका ठूला परियोजनाहरुको रेखदेख र संरक्षण नेपाल सरकारको माताहतमा आएपछि भत्किने र विग्रने गर्दछन् । यहाँ व्यक्तिको नियत मात्र सफा भएर पुग्दैन राज्य सञ्चालकहरुको जिम्मेवारी र दायित्व पनि जोडिन्छ । सरकारले मेलम्ची जस्ता ठूला परियोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिने गरेको छ । मेलम्चीले राजधानीको खानेपानीको समस्या टार्न याङ्ग्री र लाक्रे खोलासम्म दोस्रो कार्यक्रमका लागि लगानी खोज्न थालेको अवस्थामा पहिलो चरणको १७ करोड लिटर पानी राजधानी प्रवेश गर्दै छ । राजधानी बासीका निम्ति दैनिक ५४ करोड लिटर पानीको आवश्यकता छ । केयूकेयलले बोरिङ्गको स्रोत परिचालन गर्दा दैनिक ९ करोड लिटर पानी सुक्का याममा व्यवस्था गर्दै आएको छ । वर्षादका बेला पनि केयूकेयलले आफ्ना ग्राहकको आवश्यकता पुर्ति गर्न सकेको अवस्था छैन । यस्तो समयमा केयूकेयल अन्तरगतका शाखा कार्यलयहरुले पूराना पाइपहरुबाट हुने चुहावट रोक्न समयमा गुणस्तरीय मर्मत गर्नु जरुरी छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल