Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१७ वर्षे युवक लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट बारा कलैया उपमहानगरपालिका(५ अदालत चोक बस्ने १६ वर्षीय राजु चौधरीलाई नियन्त्रित लागूऔषध नोर्फिन ९६ एम्पुल, फेनारगन ९८ एम्पुल र डाईजेपाम ९८ एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा बारा कलैयाबाट काठमाडौं आउँदै गरेको ना।५ ख ४१९१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।